कांग्रेसमा नयाँ नेतृत्व माग

कान्तिपुर संवाददाता

काठमाडौँ — मोरङ– कांग्रेसका भ्रातृ संगठन नेविसंघको प्रदेश स्तरीय प्रशिक्षणका सहभागी विद्यार्थी नेताहरूले पार्टीमा नयाँ नेतृत्वको माग गरेका छन् । अहिलेको नेतृत्वले पार्टीको जिम्मेवारी उचित रूपमा बहन गर्न नसकेकाले नयाँ नेतृत्व आवश्यक भएको प्रशिक्षणका सहभागीहरूको ठहर रहेको विद्यार्थी नेता ललित श्रेष्ठले बताए । 

‘पार्टीमा देखिएको गुटगत स्वार्थका कारण चुनावमा पराजय भोग्नुुपरेकाले नयाँ नेतृत्व आवश्यक भएको नेविसंघ प्रदेश १ को ठहर छ,’ उनले भने, ‘नेविसंघको वर्तमान सभापतिले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको विद्यार्थी नेताहरूको ठहर छ ।’ पार्टीका भ्रातृ संगठनहरू कमजोर भएका कारण पनि चुनावमा हार व्यहोर्नुु परेको विद्यार्थी नेताहरूले बताए । भ्रातृ संगठनहरूको भावना बुुझ्ने पार्टीको नेतृत्व आवश्यक रहेको प्रशिक्षण कार्यक्रमका सहभागीहरूको भनाइ थियो ।

कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, गुुरुराज घिमिरे तथा नेविसंघ महामन्त्री कुुन्दनराज काफ्लेले नेविसंघलाई नयाँ शिराबाट लैजानुुपर्नेमा जोड दिए । पुुरानो ढंगबाट कांग्रेस अब चल्न नसक्ने भएकाले पार्टीलाई समयसापेक्ष बनाउनुुपर्ने उनीहरूको भनाइ थियो । नेविसंघका सहमहामन्त्री कृष्ण कार्कीले पार्टीको मनोबल उच्च बनाउने जिम्मेवारी नेविसंघको काँधमा आएको बताए ।

प्रशिक्षण कार्यक्रमले नेविसंघलाई चलायमान र थप सुदृढ बनाउनुपर्ने निर्णय गर्दै मोरङका विराटचौकमा जारी १ नम्बर प्रदेश स्तरीय नेविसंघको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

दुुई दिने प्रशिक्षण कार्यक्रममा केन्द्रीय सदस्य चन्द्र भण्डारी, धनराज गुुरुङ, गुुरुराज घिमिरे तथा प्रदिप पौडेलले प्रशिक्षण दिएका थिए । नेविसंघ मोरङ ३ को आयोजनामा सम्पन्न प्रशिक्षणमा प्रदेश १ का १४ वटै जिल्लाबाट नेविसंघ सभापति तथा प्रतिनिधि गरी ३ सयभन्दा बढीको सहभागिता रहेको कार्यक्रमका संयोजक होम पोखरेलले बताए ।

संसदीय दलमा तीनको उम्मेदवारी प्रदेश १ को कांग्रेस संसदीय दलको नेताका लागि तीन जनाले आइतबार उम्मेदवारी दर्ता गराएका छन् । सुनसरी २ ‘ख’ बाट निर्वाचित राजीव कोइराला, मोरङ ६ ‘ख’ बाट निर्वाचित केदार कार्की र समानुपातिकमा चुनिएका शेखरचन्द्र थापाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिका भरत थापाले बताए । कोइराला सुनसरी कांग्रेसका जिल्ला सभापति हुन् । सर्वसहमति नभए सोमबार दलको नेताका लागि मतदान हुनेछ । प्रदेश १ मा २१ जना कांग्रेसका प्रदेशसभा सदस्य छन् । जसमा १३ समानुपातिकबाट ८ जना निर्वाचित छन् ।

प्रकाशित : फाल्गुन ७, २०७४ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?