१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

स्थानीय तहको बजेट सडकमा

कान्तिपुर संवाददाता

काठमाडौँ — खोटाङ– स्थानीय तहले जिल्लामा सडकलाई मुख्य प्राथमिकतामा राखेका छन् । जिल्ला अधिकांश गाउँपालिकाको प्राथमिकतामा सडक निर्माण र सुधार रहेको छ । विकास र आर्थिक स्तरको पहिलो सर्त सडक भएको जननिर्वाचित पदाधिकारीहरू बताउँछन् । 

रूपाकोट मझुवागढी नगरपालिकाले यो वर्ष सडक निर्माणका लागि ६ करोड ९२ लाख बजेट विनियोजन गरेको छ । यसले सढक स्तरोन्नति र नयाँ ट्रयाकको काम गरिनेछ । यो आवमा नगरपालिकाका सबै वडामा बाह्रैमास सडक सञ्चालन हुने नगर प्रमुख दीपनारायण रिजालले बताए ।

त्यस्तै हलेसी तुवाचुङ नगरपालिकाले सडकका लागि ४ करोड ६० लाख विनियोजन गरेको छ । यसले सडक स्तरोन्नति तथा नयाँ ट्रयाक खोलेर नगरपालिकाका सबै वडाहरूमा नियमित सडक सञ्चालनमा ल्याउने नगर प्रमुख इवन राईले बताए ।

केपिलासगढी गाउँपालिकाले ४ करोड ५१ लाख रुपैयाँ सडकमा छुट्टयाएको छ । यो बजेटले यसै वर्ष सबै वडामा सडकको पहुँच पुग्ने केपिलासगढी गाउँपालिका प्रमुख कृष्ण राईले बताए । ऐंसेलुखर्क गाउँपालिकाले सडकमा ४ करोड २० लाख रुपैयाँ छुट्टयाएको छ । यसले यसै वर्ष सडक सञ्जाल विस्तार हुने भएको छ । साकेला गाउँपालिकाले सडक निर्माणमा ४ करोड रुपैयाँ छुट्टयाएको छ । यो बजेटले सबै वडामा बाह्रैमास सडक सञ्चालन हुने साकेला गाउँपालिका अध्यक्ष अर्जुन खडकाले सुनाए ।

दिप्रुङ गाउँपालिकाले सडकका लागि करिब ६ करोड छुट्टयाएको छ । सबै वडाका सर्वसाधारणलाई सडक सुविधा पुग्ने गाउँपालिका प्रमुख भूपेन्द्र राई बताउँछन् । खोटेहाङ गाउँपालिकाले सडकमा ५ करोड ७५ लाख छुट्टयाएको छ । यसले सबै वडालाई सडकको पहुँच पुग्ने गाउँपालिका प्रमुख प्रदीप

राईले बताए ।

जन्तेढुंगा गाउँपालिकाले सडकका लागि २ करोडभन्दा बढी छुट्टयाएको प्रमुख शंकर राईले बताए । बराहापोखरी गाउँपालिकाले सडक विस्तारका लागि ५ करोड रुपैयाँ बढी बजेट छुट्टयाएको प्रमुख शालिकराम बन्जराले बताए । रावाबेसी गाउँपालिकाले १ करोडभन्दा बढी रकम सडक विस्तारमा छुट्टयाएको प्रमुख लीलानाथ निरौलाले बताए । सबै पालिका सडक नपुगेका वडाहरूमा सडक पुर्‍याउनेमा बढी केन्द्रित देखिन्छ ।

प्रकाशित : फाल्गुन ७, २०७४ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?