३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

बन्दको आंशिक प्रभाव 

रमेशचन्द्र अधिकारी

धनकुटा — नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको बन्दका कारण कोशी राजमार्गको धरान–धनकुटा सडक खण्डमा मंगलबार बिहानैदेखि यातायात प्रभावित बनेको छ ।

उक्त पार्टीको गत आइतबार विराटनगरमा हुने राष्ट्रिय युवा जनस्वयंसेवकको तेस्रो सम्मेलनमा भाग लिन पुगेका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको विरोधमा बन्द आव्हान गरेको जनाइएको छ । बन्दका कारण धनकुटाको जनजीवनमा आंशिक प्रभाव परेको छ । बजार, पसल, कलकारखाना आंशिक रुपमा खुलेका छन् । शिक्षण संस्था र यातायात प्रभावित बनेको छ । मोटरसाइकल, प्रेस, दुध, तरकारी बोकेको सवारी साधन भने चलेका छन् ।


पक्राउ परेका नेता कार्यकर्ता रिहा नगरे कडा आन्दोलनमा जाने नेकपा धनकुटाका इन्चार्ज आकाश शर्माले चेतावनी दिएका छन् । उक्त पार्टीले अवाञ्छित गतिविधि गरेको भन्दै प्रहरीले केही नेता, कार्यकर्तालाई नियन्त्रणमा लिएको जनाएको छ ।



प्रकाशित : फाल्गुन ८, २०७४ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?