कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

प्रवासद्वारा बिरामीलाई सहयोग

कान्तिपुर संवाददाता

धनकुटा — ९ वर्षीया मुटु रोगी बालिकालाई उपचारका लागि प्रवासमा रहेका नेपाली सहयोग जुटाएका छन् । पाख्रिबास नगरपालिका–७ स्थित मुगाकी अनिशा बराइलीलाई कतारमा रहेका दुर्गा कुँवर तथा ओमनमा कार्यरत अर्जुन कार्की र हेम रोकाले आर्थिक सहयोग जुटाएका हुन् ।

आर्थिक अवस्था कमजोर रहेका कारण उपचारबाट वञ्चित बालिकालाई बचाउन आफूहरू जुटिरहने कुँवरले बताए । उनीहरूले पठाएको ३६ हजार १ सय ८३ रुपैयाँ नागरिक समाजका अध्यक्ष सुन्दरबाबु श्रेष्ठले सोमबार बालिकाको घरमा पुगेर परिवारलाई हस्तान्तरण गरेका छन् ।


धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्दै आएका बालिकाका अभिभावकले आर्थिक अभावकै कारण नियमित अस्पताल लैजान नसकेको बताए । बालिकाकी आमा फूलमायाले भावुक हुँदै भनिन्, ‘छोरीलाई बचाउन मन छ तर पैसा नभएपछि नियमित अस्पताल लैजान सकेको छैनौं ।’ विदेशमा रहेका मनकारी नेपालीहरूको सहयोगले छोरीलाई अस्पताल लैजान केही राहत मिलेको बाबु चन्द्रबहादुरले बताए । बालिकाको उपचारका लागि कम्तीमा पाँच लाख रुपैयाँ आवश्यक पर्ने भएपछि बाबु आमा चिन्तित बनेका छन् । धनकुटा नगरपालिका–३ का ६४ वर्षीय गंगाबहादुर दर्जीलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग स्वरूप ७३ हजार रुपैयाँ विदेशमा बस्नेहरूले जुटाएका छन् । हङकङमा रहेका सुरेश याक्सो लिम्बूको अगुवाइमा दर्जीलाई उक्त रकम उपलब्ध गरिएको छ । संकलित रकम धनकुटा नगरपालिका ३ का वडा अध्यक्ष विकास घिमिरेले हस्तान्तरण गरेका छन् ।

प्रकाशित : फाल्गुन ८, २०७४ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?