कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

प्रादेशिक महोत्सवको तयारी पूरा

कान्तिपुर संवाददाता

धरान — यहाँ सञ्चालन हुन गइ रहेको ‘प्रादेशिक महोत्सव’ को तयारी पूरा भएको छ । सुनसरी उद्योग वाणिज्य संघले आयोजना गर्ने उक्त महोत्सव ११ दिनसम्म लाग्नेछ । 

आन्तरिक उत्पादनको व्यापारिक प्रवद्र्घन गरी निकासी पैठारी बढाउने उद्देश्यले प्रदेशिक महोत्सव आयोजना गर्न लागिएको मूल संयोजक विजय श्रेष्ठले बताए । प्रादेशिक महोत्सवमा मुलुकका सातै प्रदेशमा उत्पादित राष्ट्रिय पहिचानका सामग्री राखिने छ ।


प्रदेश १ को समृद्धि र विकाससँगै पहिचानका लागि पर्यटन, शैक्षिक, औद्योगिक र व्यापारिक क्षेत्रको प्रवद्र्घनका लागि महोत्सव आयोजना गर्न लागिएको श्रेष्ठले बताए । १ सय ५० स्टल रहने महोत्सवमा अटोमोबाइल, मदिरा तथा सुर्तीजन्य उत्पादन, कृषि तथा जडिबुटी, हस्तकला तथा जातीय भेषभूषाहरू, औद्योगिक सामग्री, एक गाउँ एक उत्पादन, पूर्वका पर्यटकीय क्षेत्र घुमघामको प्याकेज, प्याराग्लाइडिङ र रर्‍याफटङ प्याकेज समावेश गरिएका छन् ।


महोत्सवलाई सार्थक बनाउन उँट सयर, हेलिकप्टर उडान, गार्मेन्टका तयारी पोसाक, जुत्ता चप्पल, खेलौना, ज्वेलरी आदि बस्तुको प्रदर्शनी, निर्माण सामग्री, सूचना प्रविधि (आईटी) को जानकारी एवं प्रदर्शनी, साइक्लिङ, ट्याटु खोप्ने प्रविधि र कलालाई पनि समाबेश गरिएको छ ।


महोत्सवले बस्तु उत्पादनकर्ता र उपभोक्ताबीचमा सम्बन्ध गाँस्ने र पर्यटकीय क्षेत्र तथा पर्यटकीय बस्तुहरूको प्रचारप्रसार, कृषिजन्य बस्तुहरूको प्रचारप्रसार, आयात निर्यातकर्ताबीचको बजार विस्तार गर्ने अवसर प्रदान गर्ने बताइएको छ । महोत्सव अवधिमा करिव ५ लाख उपभोक्त दर्शकले अवलोकन गर्ने र करिब १० करोड रुपैयाँ बराबरको कारोवार हुने अनुमान गरिएको छ ।


वाणिज्य मन्त्रालय व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा नेपाल उद्योग वाणिज्य संघले सञ्चालन गर्ने महोत्सवमा निकासी योग्य बस्तुसम्बन्धी विज्ञहरूबीच गोष्ठीमार्फत अन्तक्र्रिया गरिने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल पर्यटन बोर्ड, धरान उपमहानगरपालिका, महासंघ १ प्रदेश, उद्योग मन्त्रालय महोत्सवको प्रवद्र्धक रहेका छन् ।


धरान–१२ चतरालाइनस्थित पब्लिक उच्चमाविको मैदानमा सञ्चालन हुने महोत्सवमा आम उपभोक्ताहरूलाई दैनिक उपभोग्य बस्तुहरू, औद्योगिक बस्तुहरू, सवारी साधनका विभिन्न उत्पादनहरू सुपथ मूल्यमा उपलब्ध गराउनुका साथै राष्ट्रिय पहिचान गर्न सक्ने बस्तुहरूप्रति आकर्षित गराउने प्रचार विभागका संयोजक उपेन्द्र चाम्लिङले बताए । उनका अनुसार महोत्सवले गक वातावरणीय सचेतनासम्बन्धी जानकारी गराउने छ ।


उनले भने, ‘महोत्सवमा वीरगन्ज, पोखरा, नेपालगन्ज, काठमाडौं, ललितपुर, भक्तपुर, हेटौंडा, विराटनगर, झापा, धनकुटा, तेह्रथुम, पाल्पा, इलाम, पाचथरलगायत क्षेत्रका उद्योगी व्यवसायीहरूको विभिन्न उत्पादनहरूका स्टल रहने भएकाले औद्योगिक र व्यावसायिक आदान प्रदान हुने अपेक्षा गरिएको छ ।’

प्रकाशित : फाल्गुन ९, २०७४ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?