कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

डुबान रोक्न बाँध बनाइने

कान्तिपुर संवाददाता

इटहरी — वर्षाका बेला डुबानमा पर्दै आएको इटहरीलाई जोगाउन शेराखोलामा ३० लाखको बाँध निर्माण गरिने भएको छ । उपमहानगरको कार्यपालिका बैठक शुक्रबार शेराखोलाको किनारमा बसेर उक्त निर्णय गरेको हो । 

डुबान रोक्न बाँध बनाइने

मेयर द्वारिकलाल चौधरीले शेराखोलाको तटबन्धनका लागि तत्काल उक्त रकम निकासा गर्ने निर्णय गरेको बताए । शेराखोलाको बाढी टयांग्राखोलामा छिर्ने र इटहरी डुबानमा पर्दै आएको छ । बर्सेनि इटहरी बाढीमा डुब्ने हुँदा त्यसको समस्या समाधानका लागि उपमहानगरलाई चुनौती बन्दै गएको थियो । इटहरी बीच भएर बग्ने टयांग्राखोलाको मुुख्य स्रोत शेराखोलाको सतह बर्सेनि बढदै गएको थियो ।

मेयर चौधरीका अनुसार शेराखोलाको शीर नजिक चुरे क्षेत्र पर्ने हुँदा त्यसको प्रभावस्वरूप बर्सेनि खोलाको सतह बढ्ने गरेको छ । त्यसको व्यवस्थापनका लागि उपमहानगरले योजना अघि बढाएको छ । ‘हामीले खोलाको सतह माथि उठेको ठाउँमा वातावरणिय प्रभाव मूल्यांकन गरी गिटिबालुवा नगरको विकासमा उपयोग गर्ने तयारी गरेका छौं,’ चौधरीले भने, ‘अब खोलाको व्यवस्थापनमा नगरले संवेदनशील भएर सोचेको छ ।’ उनले स्थलगत निरीक्षणका लागि र नगरको ध्यानाकर्षण हुन पनि सम्पूर्ण कार्यपालिका टिम र प्राविधिकको टोली शेराखोला पुुगेको बताए ।

उपमहानगरपालिकाको बजेटले नभ्याउने अवस्था भए प्रदेश सरकार अनि केन्द्र सरकारसमक्ष पहल गर्दै डुबान न्यूनीकरण गर्ने तयारी नगरको रहेको छ । इटहरीकै २,३,४,५,६ लगायत वडामा असर पुग्ने गरेकाले ठूलो बजेट आवश्यक पर्ने भएको हुँदा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति, जलउत्पन्न प्रकोप नियन्त्रण कार्यक्रमलगायत निकायहरूमा पहल गर्ने तयारी रहेको बताइएको छ ।

प्रकाशित : फाल्गुन १३, २०७४ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?