कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘५ वर्षमा प्रदेश लोडसेडिङ मुक्त’

कान्तिपुर संवाददाता

इटहरी — प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पाँच वर्षमा प्रदेश लोडसेडिङ मुक्त हुने दाबी गरेका छन् । यस अवधिमा पूर्वाधार विकास गरेर प्रतिवर्ष १० हजार पर्यटक भित्र्याउने उनले बताए ।

‘५ वर्षमा प्रदेश लोडसेडिङ मुक्त’

शनिबार संवाददाताहरूसित कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । प्रदेशका समृद्धिका आधारहरू कृषि र कृषिमा आधारित औद्योगिकीकरण, पर्यटन, जलविद्युत् र औद्योगिक विकाससँगै रोजगारी भएको उनले सुनाए ।

कृषि र उद्योगलाई जोडेर दुवै क्षेत्रको विकासमा काम गर्ने गरी ‘रोडम्याप’ तयार गरिरहेको बताए । कृषकको उत्पादनले मूल्य नपाउने र उद्योगले कच्चा पदार्थको अभाव भोग्नुपर्ने अहिलेको समस्या अन्त गर्ने उनले उल्लेख गरे ।

विराटनगर विमानस्थलको स्तरोनति गरी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने र पर्यटकलाई सोझै विराटनगर उतार्ने योजना रहेको राईले बताए । प्रदेश पर्यटकीय दृष्टिले समृद्ध रहेको उल्लेख गर्दै उनले विश्वको अग्लो शिखर सगरमाथादेखि सबैभन्दा होचो अरुण उपत्यका यसका आधार रहेको सुनाए । एक जना पर्यटक बराबर ७ जनाले रोजगारी पाउने भएकाले प्रत्येक वर्ष १० हजार पर्यटक भित्र्याएर ७० हजार नयाँ रोजगारी सिर्जना गरिने बताए ।

यसैबीच ‘सहकारी क्षेत्रको प्रवद्र्धनमा स्थानीय तहको भूमिका’ विषयक प्रदेशस्तरीय विचार गोष्ठीको उद्घाटन गर्दै राईले तीन खम्बे अर्थतन्त्रमा आफूले जोड दिने बताए ।

प्रकाशित : फाल्गुन १३, २०७४ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?