कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

२० वर्ष पुरानो गाडी चढ्दै मुख्यमन्त्री  

प्रदीप मेन्याङ्बो

धरान — सरकारले दुई दशक पुराना सवारी साधन विस्थापित गर्ने नीति बनाएपनि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई २० वर्ष पुरानो गाडी चढ्न बाध्य छन् ।  

२० वर्ष पुरानो गाडी चढ्दै मुख्यमन्त्री  

मर्मत गरेर कामचलाउ बनाएको दुइ दशक पुरानो गाडीमा मुख्यमन्त्रीको झन्डा लगाएको छ । गाडीको इन्जिन पुरानो भए पनि आवरण भने चिटिक्क बनाएको छ ।

फागुन ३ गते मुख्यमन्त्रीको शप लगतै उनले को १ झ २३५ नम्बरको सरकारी सुविधाको गाडी पाएको हो । टोयटा ल्याण्डक्रुजर उक्त गाडी ३ लाख ७५ हजार किलोमिटर गुडिसकेको छ । यसअघि उक्त गाडी प्रधानमन्त्री, राष्ट्रपति, अन्य विशिष्ट ब्यक्ति आउँदा प्रयोग हुँदै आएको थियो ।


अहिलेसम्म उक्त गाडीमा दर्जन बढी प्रधानमन्त्री र दुवै राष्ट्रपति सवार भैसकेका छन् । ‘पुरानो गाडी प्रयोग गर्नु बाध्यता हो । तत्काल नयाँ किन्न सकिने अवस्था छैन । भएको साधान मर्मत गरेर चढियो, दुई दशक पुरानो भनेर भर्खर थाहा पाएँ’ मुख्यमन्त्री राईले भने ।


प्रदेश १ मा सरकारी निकायका लागि थप ५० गाडीको आवश्यक हुने सरकारको अनुमान छ । २० वटा गाडी तत्काल उपलव्ध गराउने योजना भए पनि खरिद गर्न स्रोत नपुग्दा मुख्यमन्त्री र मन्त्रीले पुरानै सरकारी गाडी प्रयोग गर्न बाध्य भएका छन् ।

प्रकाशित : फाल्गुन १३, २०७४ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?