१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

ओखलढुंगामा अनौठो शिशुको जन्म 

कुम्भराज राई

ओखलढुंगा — यहाँको सामुदायिक अस्पताल मिसनमा अनौठो शिशुको जन्म भएको छ । 
मानेभन्ज्याङ गाउँपालिका–४, केत्तुकेका लक्ष्मण गुरुङ र विपना गुरुङको पहिलो सन्तान (छोरी)  अनौठो जन्मिएकी हुन् ।

ओखलढुंगामा अनौठो शिशुको जन्म 

शिशुको टाउकोको दायाँतर्फको आकार निकै ठूलो छ । एउटा आँखा, नाक र मुख नै प्रस्ट देखिन्न ।

२ किलो ७ सय ग्रामको शिशुको अन्य शारीरिक अवस्था सामान्य छ । आमाको स्वास्थ्य समेत सामान्य रहेकाे चिकित्सकले जनाए । अहिले शिशुलाई इन्कुवेटरमा राखेर पाईपमार्फत आमाको दूध ख्वाएर राखिएको छ ।

बच्चाको अवस्था हेर्दा आमाको पेटभित्रै बच्चालाई ट्यूमर भएको अनुमान चिकित्सकले गरेका छन् । शिशुलाई केही दिनपछि काठमाडौं रिफर गरिने मिसन अस्पतालका चिकित्सक (एमडीजीपी) सञ्जय पोख्रेलले बताए ।

चिकित्सकका अनुसार यसलाई जन्मजात शारीरिक अपांगता भनिन्छ । ढिलो उमेरमा आमाले बच्चा जन्माउनु, हाडनाताको सम्बन्ध, गर्भावस्थामा जथाभावी औषधिको प्रयोग र गर्भावस्थामा भिटामिन (फोलिक एसिड) को कमी हुनाले यस्तो शिशुको जन्म हुने गरेको डा.पोख्रेलले बताए ।


शिशुकी आमा विपना २९ वर्षकी भइन् ।



प्रकाशित : फाल्गुन १३, २०७४ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?