१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

विद्युत् क्षमता बढाउन नयाँ ट्रान्सफर्मर

कान्तिपुर संवाददाता

धरान — भारवहन क्षमताको प्राविधिक व्यवस्थापन नहुँदा घण्टौंसम्म विद्युत् आपूर्ति बन्द गर्नुपर्ने समस्याको निराकरण गर्न विद्युत् प्राधिकरणले धरान सबस्टेशनमा डेढ करोडको ट्रान्सफर्मर जडान सुरु गरेको छ । उक्त ट्रान्सफर्मर ८ एमभीए क्षमताको हो ।

विद्युत् क्षमता बढाउन नयाँ ट्रान्सफर्मर

गर्मी मौसम सुरु भएसँगै अन्यधिक विद्युत् खपत हुँदा विद्युतभार प्रयोग भइरहेको २ वटा पावर ट्रान्सफर्मरले थेग्न नसकेपछि नयाँ थपिएको प्राधिकरण धरान वितरण केन्द्रका प्रमुख इञ्जिनियर दीपक सापकोटाले बताए । धरान बजार, सर्दु खोला आसपास, रेल्वे लाइन फिडरमा पटकपटक आउने ओभरलोडको समस्याले लोडसेडिङ नभए पनि विद्युत् अनियमित हुने गरेको छ । नयाँ ट्रान्सफरमर चालु भएपछि विद्युत् भोल्टेजमा सुधार भई वितरणमा गडबडी हुनेछैन । जडान कार्य साता दिनमा सकिने उनले बताए ।


उपमहानगरको २० वटा वडा र बराह नगरपालिकाको १ र २ वडा सहित हाल ३२ हजार ग्राहक संख्या रहेको प्राधिकरणको धरान केन्द्रअन्तर्गत वार्षिक ६ हजार ग्राहक थापिने क्रम जारी छ । यसअघि पुरानै संरचनामा रहेको धरान र बराह क्षेत्रको सबस्टेनशनमा क्षमता वृद्धि गरी ८ एमबीएको २ थान नयाँ ट्रान्समिटर जडान गरिएको थियो । उक्त थप ट्रान्समिटरले पनि भारवहन गर्न नसकेपछि थप नयाँ ट्रान्सफर्मर जडान गर्न थालिएको हो ।


यसअघि धरानको विद्युतमा हुने अनियमितता न्युनीकरण गर्न प्रसारण लाइनमा प्रयोग गरिएको दस वर्ष पुरानो तार १० किलोमिटर दूरीसम्म फेरिएको थियो । बढदो जनसंख्यासँगै बढेको विद्युत् भार ० दशमलब ०३ स्क्वायरको तारले थेग्न नसक्ने भएकाले त्यसलाई हटाएर ० दशमल ५ इञ्चको डक तारमा स्तरोन्नति गरिएको हो ।


इञ्जिनियर सापकोटले भने, ‘लोडसेडिङ अन्त्य भए पनि विद्युत् आपूर्तिमा आउने गडबडीको पनि अन्त्य गर्ने प्रयासमा छौं ।’ सुधार कै क्रममा विद्युत् सेवालाई नियमित गर्न चालु आर्थिक वर्षमा २० किलोमिटर दूरीमा १ सय ७० थान सिमेन्टको पोल र ४० थान स्टीलको पोल स्थापना लक्ष्य राखिएको छ । सेवामा सुधारकै क्रममा ग्राहकको सुविधाका लागि धरानमा विद्युत् महसुल अनलाइन भुक्तानी सुरु गरिएको छ । अंग्रेजी नयाँ वर्ष २०१८ जनवरी १ तथा पुस १८ गतेदेखि सुरु गरिएको अनलाइन भुक्तानीमा अहिलेसम्म १ हजार ५ सय ग्राहक जोडिएका छन् । प्रशासन प्रमुख राजकुमार थापाका अनुसार ‘महसुल बुझाउन कार्यालयमा आएर क्युमा बस्न नभ्याउनेहरूका लागि अहिले सहज भएको छ ।’ समयमा महसुल नबुझाउनेहरूको लाइन काट्ने काम पनि धमाधम भइरहेको उनले बताए । उनका अनुसार महसुल बक्यौता राख्ने २ सय ५७ जना ग्राहकको लाइन काटिएको छ ।

प्रकाशित : फाल्गुन १८, २०७४ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?