कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

कोशी तमोर करिडोर निर्माण प्रक्रिया सुरु 

प्रदीप मेन्याङ्बो

सुनसरी — पूर्वी पहाडका पाँचथर, ताप्लेजुङ, तेह्रथमु र धनकुटाका बासिन्दालाई तराई झर्ने छोटो दुरीको कोशी करिडोर सडक आयोजना निर्माण प्रक्रिया सुरु भएको छ । 

सुनसरीको बराहक्षेत्रस्थित चतरादेखि पाँचथरको सिमावर्ती प्राङ्बुङको गणेशचोक सम्मको १ सय ४५ किलोमिटरको कोशी करिडोर आयोजना ३० महिना भित्र सम्पन्न गर्न ठेक्का पक्रिया सुरु भएको आयोजनाका बरिष्ठ इन्जिनियर अभिनव मुल्मीले बताए ।


ईन्जिनियर मुल्मीका अनुसार प्रस्तावित तमोर जलाशययुक्त आयोजना भन्दा माथि कोशी र तमोरको किनारै किनार निर्माण गरिन लागेको हो । २ लेनको उक्त सडकको ट्रयाक खोल्न र स्तर उन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको हो । निर्माणमा करिब ७ अर्ब लागत अनुमान गरिएको छ ।


७ प्याकेजमा सडक बिस्तार गर्ने तयारी अनुसार रसुवा टुण्डी, श्रेष्ठ एपेक्स, लामा कम्पनी, कालिका ट्रेडिङ महालक्ष्मी जेभी, शर्मा कम्पनी निर्माणमा छनौट भएका छन् । यो मार्ग पूर्वी पहाडका बासिन्दालाई तराई जोड्ने छोटो सडक खण्डको रुपमा लिएको छ । ७ मध्ये ५ प्याकेजको ठेक्का सम्झौता हुन लागेको इन्जीनियर मुल्मिले बताए । पूर्वबाट काठमाडौं जान समेत यो सडक छोटो हुनेछ ।

प्रकाशित : फाल्गुन २६, २०७४ १४:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?