कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

४ सुत्रिय माग राख्दै क्याम्पसमा तालाबन्दी

प्रदीप मेन्याङ्बो

धरान — धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा ४ सुत्रिय माग राख्दै पाँच विद्यार्थी संगठनले सोमबारदेखि क्याम्पस प्रसासनमा तालाबन्दी गरेका छन् । 

विद्यार्थी संगठनहरुले विहानी कक्षा संचालन हुनुपर्ने, पुस्तकालयमा थप पुस्तकको व्यवस्था गरिनुपर्ने, प्रत्येक संकायको बोर्ड परीक्षा अघि दुइ पटक प्रिबोर्ड परीक्षा गर्नुपर्ने, सेमेस्टर प्रवेश परीक्षामा छुटेका विद्यार्थीलाई पुन: परीक्षा दिने व्यबस्था गर्नुपर्ने लगायतका माग राखेका छन् ।


अनेरास्ववियु, नेविसंघ, अनेरास्ववियु (क्रान्तिकारी), समाजवादी विद्यार्थी फोरम र संघीय लिम्बुवान विद्यार्थी मञ्चले संयुक्त रुपमा तालाबन्दी गरेका हुन् ।


उनीहरुले फागुन २३ गते माग सम्बोधन गर्न अल्टिमेटम दिएका थिए । क्याम्पस प्रशासनले वेवास्ता गरेकाले तालाबन्दी गरेको विद्यार्थी संगठनहरुले जनाएका छन् ।


क्याम्पस प्रमुख सहप्राध्यापक चन्द्रकुमार राईले विद्यार्थी संगठनको माग जायज भएकाले छलफल गरेर समस्या समाधान गर्न लागेको बताए ।

प्रकाशित : फाल्गुन २८, २०७४ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?