कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सवारी दुर्घटनामा २ को मृत्यु, ५ जना घाइते

रमेशचन्द्र अधिकारी

धनकुटा — कोसी राजमार्गको धरान धनकुटा सडक खण्डअन्तर्गत सागुरीगढी-६ मा मंगलबार मध्याह्न भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । अन्य ५ जना घाइते भएका छन् ।

सवारी दुर्घटनामा २ को मृत्यु, ५ जना घाइते

स्काभेटर बोकेर धनकुटातर्फ जाँदै गरेको ना ५ ख १९३६ नं. को ट्रक ब्रेकफेल भएर पल्टिँदा सागुरीगढी-७ का रामजीत राई र वीरबहादुर राईको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवै जना सडक विभागका सडक सफा गर्ने कर्मचारी रहेको जनाइएको छ ।


दुर्घटनामा रामेछाप मन्थली-७ का ४५ वर्षीय देवकुमार लामा, सहचालक मकवानपुरका सनम तामाड र धादिङका रमेश भण्डारी घाइते भएका छन् । घाइतेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रकाशित : फाल्गुन २९, २०७४ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?