कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सुन व्यवसायी हत्या आरोपमा तीन पक्राउ

पर्वत पोर्तेल

विर्तामोड — विर्तामोडका सुन व्यवसायी साजन मुखियाको हत्यामा संलग्न तीन जनालाई मंगलबार प्रहरीले सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय विर्तामोडले हत्यामा बिर्तामोड-३, सैनिकमोड बस्ने २९ वर्षीय पारसकुमार देव, बिर्तामोड-८ त्रिवेणी टोल बस्ने १९ वर्षीय दीपेश पौडेल र बिर्तामोड-३ कै २३ वर्षीय प्रकाश भन्ने चिरञ्जीवी ओलीको संलग्नता देखिएको बताए ।

सुन व्यवसायी हत्या आरोपमा तीन पक्राउ

मुखियालाई व्यावसायिक रिसीइबीका कारण हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


पछिल्लो केही समययता मुखियाले सुनचाँदी व्यवसायबाट अकूत सम्पत्ति जोडेका थिए । तर, पारसकुमार देवको ऋद्धिसिद्धी ज्वेलर्सको कारोबार केही समययता गिरावट भएको र देवले आफ्नो व्यापारका आएको गिरावटको मुख्य कारक मुखियालाई ठानेका थिए । ‘मुखियालाई हत्या गर्दा निजको कारोबार समेत आफूले गर्न पाउने योजनाका साथ हत्या भएको देखिन्छ’, अनुसन्धान खटिएका एक प्रहरीले बताए । मुखियालाई विर्तामोडबाटै अपहरण गरी बन्धक बनाएर हत्या गरी फालिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।


यसैबीच विरोधमा विर्तामोडका व्यवसायीले मंगलबार बजार बन्द गराएका थिए । उद्योग वाणिज्य संघ विर्तामोडको अगुवाईमा व्यवसायीले स्वतस्फूर्त व्यवसाय बन्द गराएका थिए । व्यवसायीहरुले घटनाको सत्यतथ्य जानकारी सार्वजनिक गर्न प्रशासनसमक्ष आग्रह पनि गरेका छन् ।


दुई वर्षदेखि विर्तामोडमा सुनचाँदी व्यवसायमा संलग्न २६ वर्षीय साजनको शव सोमबार इलामको रोङ गाउँपालिका–३ कोल्बुङमा बेवारिसे अवस्थामा फेला परेको थियो । बिर्तामोडको गोर्खा डिपार्टमेन्टल स्टोरनजिकै रहेको देवा ज्वेलर्सका सञ्चालक साजन २० फागुनदेखि बेपत्ता थिए ।


धारिलो हतियार प्रयोग गरी मुखियाको हत्या गरेको अवस्थामा सोमबार शव फेला परेको छ । मेची राजमार्गको लसुने–अर्यालचोक सडकखण्डको जमुनेडाडाको सडकबाट करिब २० फिट तल जुटको बोराभित्रत्र उनको शव भेटिएको थियो ।

अभियुक्तलाई मानव अपहरण तथा शरीर बन्धक, खुनडाँका र संगठित अपराध मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : फाल्गुन २९, २०७४ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?