कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जाली नोट छाप्ने छ जना पक्राउ 

प्रदीप मेन्याङ्बो

सुनसरी (धरान) — जाली नोट छापेर  धरानमा ठगी गर्दै हिड्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

जाली नोट छाप्ने छ जना पक्राउ 

एक हजार रुपैयाँको जाली नोटबाट ठगिएको उजुरी परेपछि प्रहरीले बुधबार ६ जनालाई पक्राउ गरेकाे हाे । पक्राउ पर्नेहरुमा धरान–१३ बस्ने राज राई, प्रकाश भण्डारी, विवश राई, दीपेश शाक्य, मिनकुमार राई र मनिष राई रहेका छन् । उनीहरुका साथबाट प्रहरीले लागूपदार्थ समेत बरामद गरेको छ ।


इलाका प्रहरी कार्यालय धरानले उनीहरुलाई नक्कली नोट छापिरहेको अवस्थामा पक्राउ गरेको थियो । कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक रामेश्वर पौडेलका अनुसार उनीहरुको साथबाट जाली नोट छाप्न प्रयोग गरिएको प्रिईन्क प्रिन्ट मेसिन कम्प्युटर, पैसा छाप्न प्रयोग गरिने कागज बरामद भएको हो ।


पक्राउ परेका शाक्य भानुचोक नजिकैको शान्तिपथस्थित क्वालिटी क्लर ल्याबका संचालक हुन् ।

प्रकाशित : फाल्गुन ३०, २०७४ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?