३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

सम्झनामा कोइराला

काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा १० बर्षे द्वन्द्वबाट मुलुकले निकास पायो । उनकै नेतृत्वमा गुमिसकेको प्रजातन्त्र पुन:स्थापना भएको थियो ।

सम्झनामा कोइराला

शान्ति स्थापनाका लागि पनि नेतृत्वदायी भूमिका निर्वाह गरे । पाँचपटकसम्म मुलुकको प्रधानमन्त्री बनेका कोइराला कुशल संगठक मानिन्थे । उनको आठौं स्मति दिवसका अवसरमा विराटनगरमा मंगलबार विशेष कार्यक्रम आयोजना गरिएको थियो । जीपी फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा सहभागीलाई सोधिएको थियो– गिरिजाप्रसाद कोइरालालाई कसरी सम्झनुहुन्छ ? प्रस्तुत छ, सहभागीको भनाइ :


जनतालाई मालिक बनाउने महानायक हुनुहुन्थ्यो । उहाँको स्पष्ट अडान र प्रस्ट दृष्टिकोणले निरंकुश राजतन्त्रको अन्त्य र प्रजातन्त्रको बहाली भयो । मुलुकमा अलमलिएको नेपाली राजनीति र नेपाली समाजलाई गिरिजाप्रसाद कोइरालाले दिशा निर्देश गर्नुभयो जसले सम्पूर्ण नेपालीलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको नागरिक बनाएको छ ।

***


देश र जनताका लागि मरिमिट्ने नेता हुनुहुन्थ्यो गिरिजाप्रसाद कोइराला । उहाँले सबै जातजाति, भाषा, धर्म, वर्ग, समुदाय, लिङ्ग, क्षेत्रका व्यक्तिहरूलाई मात्रै होइन मुलुकका अन्य पार्टीलाई समेटेर नेतृत्व प्रदान गर्ने क्षमतावान नेता हुनुहुन्थ्यो । उहाँले सबै पार्टीलाई समेटेर गुमिसकेको प्रजातन्त्र फर्काउन सफल हुनु भएको थियो ।

***

गिरिजाप्रसाद कोइरालाले मजदुरहरूसँग मिलेर प्रजातन्त्र प्राप्तिको आन्दोलन गर्नुभयो । यसले मजदुरहरू सधैंभरि गर्व गरिरहने छन् । उहाँले मजदुरहरूको सुखदु:ख नजिकबाट हेर्न भएको थियो । त्यसैले मजदुर मैत्री कानुन बनाउनुभयो र त्यसले मजदुरहरूलाई अधिकार सम्पन्न बनायो । प्रजातन्त्र खोसिएपछि पुन: मजदुरहरूलाई सरिक गराएर कोइरालले जुन ढंगले आन्दोलनको नेतृत्व लिनुभयो त्यो अविस्मरणीय रहने छ ।

***


गिरिजाप्रसाद कोइराला नेपाली राजनीतिका महानायक हुनुहुन्थ्यो । उहाँ नेपाली राजनीति र कांग्रेसका धरोहर हुनुहुन्थ्यो । उहाँ विराटनगर आउँदा सबै रोमाञ्चित हुन्थे किनकि विराटनगर आएपछि मुलुकमा केही नकेही नयाँ हुन्थ्यो । त्यसैले उहाँको सम्मानका लागि विराटनगरलाई राजनीतिक केन्द्र बनाउने जिम्मेवारी विराटनगरवासीको काँधमा छ ।

***


गिरिजाप्रसाद कोइराला बीपीको सिद्धान्तलाई अंगिकार गरेर अगाडि बढनुहुन्थ्यो । उहाँले कसैलाई कुनै किसिमको भेदभाव गर्नु हुन्नथ्यो । जातीय विभेद र छूवाछुतबाट मुक्त गराउनुभएको थियो ।

***


प्रजातन्त्र प्राप्तिको आन्दोलनमा कुसल नेतृत्व प्रदान गर्ने नेता कोइराला हुनुहुन्थ्यो । उहाँ कांग्रेसका साथै समग्र मुलुककै नेतृत्व गर्न सक्ने सक्षम र सफल नेता हुनुहुन्थ्यो । उहाँमा भएको नेतृत्व क्षमताले नै मुलुकलाई द्वन्द्वबाट निकास दिन र गुमिसकेको प्रजातन्त्र पुन:बहालीका लागि सबै दललाई मिलाएर आन्दोलनको नेतृत्व प्रदान गर्न सफल हुनुभयो ।

***


देशको स्वाधिनताका लागि कोइरालाको योगदान अविस्मरणीय छ । यहाँसम्म आएको राजनीतिक परिवेशलाई शान्ति र समृद्धिको बाटोमा लग्नु सबैको दायित्व हो किनकि गिरिजाप्रसादले यही सन्देश दिएर जानुभएको छ ।
***


कोइराला नेपालका परिवर्तनकारी र निरंकुश राजततन्त्र फाल्न सक्ने प्रभावशाली नेता हुनुहुन्थ्यो । उहाँले नै मधेस आन्दोलनलाई सम्मान गर्दै मुलुकमा संघीयता प्रदान गर्नुभएको छ । उहाँ संघीयता पक्षधर नेता हुनुहुन्थ्यो ।

***

कोइराला कुशल, योग्य, सक्षम र साहसिक व्यक्तित्व भएका नेता हुनुहुन्थ्यो । उहाँ कांग्रेसको मात्रै नभई सर्वमान्य नेता हुनुहुन्थ्यो । सबै पार्टीको साथ सहयोग लिएर आफ्नो नेतृत्वमा मुलुकलाई १० बर्षे माओवादी जनयुद्धबाट निकास दिनुका साथै निरंकुश राजा ज्ञानेन्द्रले हडपेको प्रजातन्त्र पुन:स्थापना गर्न सफल नेता हुनुहुन्थ्यो ।

प्रस्तुति : देवनारायण साह

प्रकाशित : चैत्र ७, २०७४ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?