कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

ट्रयाक्टर दुर्घटनामा मृतककाे संख्या ३ पुग्याे

मृत्यु हनेको संख्या ३ पुग्यो ।
डिल्लीराम खतिवडा

उदयपुर — सिद्धिचरण लोकर्माग अन्तर्गत कटारी घुर्मी खण्डको गहुबारीमा बुधबार बिहान तेल बोकेको ट्रयाक्टर दुर्घटना हुदाँ मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

दुर्घटनामा परेर चालक सहित दुईको घटनास्थलमै र अर्का एक गम्भीर घाइते उपचारको क्रममा वयोधा अस्पताल काठमाडौंमा मृत्यु भएको छ । दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन् ।


कटारीबाट डिजेल बोकेर घुर्मीतर्फ जाँदै गरेको ना ६ ख ३२३१ नम्बरको ट्रयाक्टर कटारी नगरपालिका–११ गहुबारीमा दुर्घटना हुँदा बाराको अमलेखगञ्ज घर भएका २३ वर्षीय चालक पूर्णबहादुर खनाल, सहचालक बारा निजगढका १७ बर्षीय अभिषेक श्रेष्ठ र मकवानपुरको लामाटारका ३१ बर्षीय सरोज मुक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकृत प्रहरी निरिक्षक मनप्रसाद श्रेष्ठले बताए ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका भक्तपुरका २४ बर्षीय सुवास तामांग र दोलखा चरिकोटका २५ बर्षीय सुजन गोलेको राजधानीमा उपचार भईरहेको प्रहरीले जनाएको छ । सडकबाट करिब एक हजार मिटर तल खसेर ट्रयाक्टर दुर्घटनामा परेको थियो ।

ब्रेक फेल भएर ट्रयाक्टर अनियन्त्रीत हुदाँ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र १४, २०७४ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?