कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुर्घटनामा ३ जनाको मृत्यु

अर्जुन राजवंशी

दमक — झापा र मोरङका छुट्टाछट्टै स्थानमा बुधबार भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । 

दुर्घटनामा ३ जनाको मृत्यु

दमक नगरपालिका-१ स्थित देवान चोकमा टिपरको ठक्करबाट बुधबार मध्यान्ह एक मोटरसाइकल चालकको मृत्यु भएको छ । अन टेष्ट टिपरको ठक्करबाट मे ८ प ६४७ नम्बरको मोटरसाइकल चालक दमक ९ का ५४ बर्षीय कुलदीप ढुंगेलको मृत्यु भएको हो । टिपरको ठक्करबाट गम्भीर घाइते ढुंगेलको उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । टिपर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


मोरङको उर्लाबारी र बेलबारीमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । उर्लाबारी–बरडंगा सडक खण्डको उर्लाबारी नगरपालिका ८ मा ना ४ ख ८३५७ नम्बरको ट्रकको ठक्करबाट मे ९ प ७६१७ नम्बरको मोटरसाइल चालकको मृत्यु भएको हो । दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको ट्रकले विपरीत दिशाको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक मोरङ रतुवामाई ४ झुर्कियाका २५ बर्षीय सन्तोष ठाकुरको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल पछाडी सवार विर्तामोड ८ का सन्तोष राजवंशी घाइते भएका छन् । उनको उर्लाबारीमा उपचार भइरहेको छ ।


सुन्दरहरैँचा नगरपालिका-५ स्थित डिपु–केराबारी सडक खण्डमा ट्याक्टरबाट लडेर एक युवकको मृत्यु भएको छ । को २ त ४३४२ नम्बरको ट्याक्टरबाट लडेर बेलाबारी नगरपालिका ६ बाहुनीका २० बर्षीय सन्तोष ऋषिदेवको मृत्यु भएको हो ।

प्रकाशित : चैत्र १४, २०७४ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?