बालिका बलात्कारका दोषी १० वर्षपछि पक्राउ

चन्द्र कार्की

तेह्रथुम — बालिका बलात्कार गरी फरार रहेका म्याङलुङ्ग नगरपालिका-१ का २९ वर्षीय गोपाल भण्डारी दस वर्षपछि पक्राउ परेका छन् । भण्डारीलाई जिल्ला प्रहरी कार्यालयको टोलीले मोरङको विराटनगरबाट पक्राउ गरेको हो । 

बालिका बलात्कारका दोषी १० वर्षपछि पक्राउ

लुकिछिपी विराटनगरमा बस्दै आएको भन्ने सुराकीका आधारमा भण्डारीलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक राजन भुजेलले जानकारी दिए ।


बालिका बलात्कारको आरोपमा भण्डारीलाई जिल्ला अदालत तेह्रथुमले ०७१ सालमा १२ वर्ष कैदको फैसला सुनाएको थियो ।

प्रकाशित : चैत्र १७, २०७४ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?