कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आगलागीबाट १६ घर नष्ट

रासस

इनरुवा — सुनसरीको सीमावर्ती कोसी गाउँपालिका-६ श्रीपुरजब्दीमा आइतबार भीषण आगलागी भएको छ । श्रीपुरका जगदीस महात्माले गहुँ झाँट्न ल्याएको थ्रेसरबाट सल्केको आगोले १६ घर नष्ट भएको प्रहरीले जनाएको छ । 

आगलागीबाट १६ घर नष्ट

आगलागीका कारण करिब रु एक करोड बराबरको क्षति भएको अनुमान गरिएको छ । इनरुवा नगरपालिका, इटहरी उपमहानगरपालिका र भारतको विरपुरबाट आएको दमकल तथा स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रण लिएको थियो । यसैबीच, कोसी गाउँपालिका ६ नं वडा कार्यालयले आगलागीपीडितलाई राहत वितरण गरेको छ ।


अग्नि पीडितलाई तत्कालका लागि चिउरा, भूजासहिका राहत सामग्री वितरण गरिएको वडाध्यक्ष इन्द्रदेव यादवले जानकारी दिए ।

प्रकाशित : चैत्र १८, २०७४ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?