कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

क्रसर उद्योगमा बम विस्फोटन

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरको त्रियुगा नगरपालिका–७ चुहाडेस्थित जेडआइसी शर्मा एण्ड लामा ज्वाईन्टभेन्चरको क्रसर उद्योगमा आइतबार बिहान बम विस्फोटन भएको छ । 

क्रसर उद्योगमा बम विस्फोटन

अज्ञात समूहले गराएको सिलिण्डर बम विस्फोटनले क्रसर उद्योगमा क्षति पुगेको जेडआइसी शर्मा एण्ड लामाका प्रोजेक्ट म्यानेजर निर्माण पोखरेलले बताए ।


धरान–चतरा–हेटौडा सडक निर्माण गरिरहेको उक्त कम्पनीले सडक निर्माणका लागि नै कम्पनीले क्रसर उद्योग स्थापना गरेको हो ।


क्रसर उद्योग परिसरमै विस्फोटनपछि एक सुतली बम फेला परेको प्रहरीले जनाएको छ । उक्त बम निष्क्रिय पार्न सेनाको रणशार्दुल गणबाट डिस्पोजल टोली घटनास्थल गएको प्रहरी उपरीक्षक नवराज भट्टले बताए ।


विस्फोटन गराउनेको पहिचान भएको छैन । विस्फोटनको कारण पनि खुलेको छैन । विस्फोटन गराउने समुह र कारण खोजी रहेको प्रहरी उपरीक्षक भट्टले बताए ।

प्रकाशित : चैत्र २५, २०७४ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?