१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

दर्शकले साथ दिँदा आयोजक उत्साही

विराट गोल्डकप
विनोद भण्डारी

विराटनगर — विगतका आयोजनामा दर्शकको खडेरी भोग्दै आएको विराट गोल्डकपको पाँचाैं सस्करणले त्यस्तो समस्या भोग्नुपरेन । यसको मुख्य कारण हो– फ्लडलाइटमा रात्रिकालीन खेल । करिब ८ हजार दर्शक अटाउने शहिद रंगशलाको प्याराफिट यसपालि हरेक खेलमा खचाखच भरिएको देखियो ।

दर्शकले साथ दिँदा आयोजक उत्साही

‘प्याराफिटमा खचाखच दर्शक भरिँदा प्रतियोगिता आयोजना गर्दा भोग्नु परेको झन्झट र तनावलाई बिर्साउँदो रहेछ,’ आयोजक समिति उपाध्यक्ष प्रकाश मुन्दडाले भने यसपालि दर्शकले दिएको साथ हेर्दा हरेक वर्ष प्रतियोगिता आयोजना गर्न इच्छा शक्ति बढायो ।’

यो प्रतियोगिता आयोजना गर्न करिव सवा करोड खर्च हुने अनुमान गरिएको मुन्दडाले बताए । दर्शको भरपुर साथले आयोजक घाटामा जाने स्थिति नरहेको उनले सुनाए । प्रतियोगिता अवधिभरि २८ लाख ५० हजार पुरस्कार मात्र वितरण हुने उनको भनाइ छ । प्रतियोगिता विजेताले १२ लाख ७१ हजार र उपविजेताले ५ लाख ५१ हजार पाउने छ ।

फरक ढंगले प्रतियोगिता आयोजना गर्दा र सवैलाई फुर्सद हुने समयमा म्याच खेलाउँदा दर्शकको समर्थन पाइएको उनको बुझाइ छ । हरेक म्याच साँझ सावा ६ बजेदेखि खेलाइएको थियो । ‘यस्तोमा दिउँसोको जस्तो गर्मी, हावाहुरी र धूलोको समस्या पनि दर्शक र खेलाडीले भोग्नु परेन,’ उनले भने, ‘कर्मचारी, उद्योगी व्यवसायी, सर्वसाधारण र मजदुरले पनि दिनभर आफनो काम गरेर साँझको फुर्सदिलो दुई घण्टा समय फुटबलमा बिताउन पाउँदा विगतका आयोजनामा खाली हुने प्यारापिट यसपाली खचाखच भएको हो ।

आगामी दिनमा आयोजना हुने विराट गोल्डकपका स्पर्धा अब सधैं रात्रीकालीन समयमा फ्लडलाइटमा हुने आयोजक समितिका अध्यक्ष नविन रिजालको भनाइ छ । ‘मोफसलमै पहिलोपटक फ्लडलाइटमा रात्रिकालीन म्याच खेलाउादा र नयाँ ढंगबाट गोल्डकप आयोजना गर्दा दर्शकको उपस्थिति उल्लेख्य रहयो,’ उनले भने, ‘विगतमा दिउँसो खेल खेलाउदा दर्शकनै हुुँदैनथे ।’ उनका अनुसार चैत १७ गतेदेखि जारी प्रतियोगिताका लागि ३५ लाख खर्च गरेर ४५ हजार वाटको फ्लडलाइट जाडन गरिएको छ ।

आगामी दिनमा लाइटलाई थप सुधार्दै लैजाने योजना रहेको आयोजकले जनाएको छ । त्यसका लागि १ नं प्रदेशका मुख्यमन्त्री शेरधन राई र विराटनगर महानगर प्रमुख भीम पराजुलीले सहिद रंगशलामा स्थायी रूपमा फ्लडलाइटको व्यवस्थागर्ने प्रतिबद्धता जनाइसकेका छन् ।

प्रतियोगिताको उद्घाटनका अवसरमा उनीहरूले सहिद रंगशलामा अहिले व्यवस्था गरिएको अस्थायी फ्लडलाइटलाई स्थायी गर्न आ–आफ्नोतर्फबाट पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित : चैत्र २७, २०७४ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?