कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

लागूऔषध र गाँजासहित दुई पक्राउ

रमेशचन्द्र अधिकारी

धनकुटा — भेडेटार र मुलघाटबाट लागूऔषध र गाजासहित प्रहरीले दुई जनालाई बुधबार पक्राउ गरेको छ । धनकुटा नगरपालिका-७ का २० वर्षीय शरद पाख्रिन लागूऔषध स्याक्स्मो चपकोडा कलोजेट ट्याबलेट ५२, एम्पुल र ३० ग्राम गाजासहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

लागूऔषध र गाँजासहित दुई पक्राउ

पाख्रिनले प्रयोग गरेको को १ ख ५६७३ नम्बरको मोटरसाइलसहित उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।


यस्तै धनकुटाबाट गाँजा बोकेर धरानतर्फ जाँदै गरेका एक व्यक्ति मूलघाटबाट पक्राउ परेका छन् । सहिदभूमि गाउँपालिका-१ का पासबहादुर राईलाई करिब ६ केजी गाँजासहित पक्राउ गरिएको मुलघाट प्रहरी चौकीका इञ्चार्ज राजेश श्रेष्ठले जानकारी दिए । मोटरसाइकलमा पछाडि सवार राई पक्राउ परे पनि चालक भने फरार रहेको जनाइएको छ ।


प्रकाशित : चैत्र २८, २०७४ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?