प्रदेश १
चैत्र २९, २०७४

अनियमितता विवादले बीपी प्रतिष्ठान अस्तव्यस्त

प्रदेश १ र सीमावर्ती भारतीय क्षेत्रका बिरामीको ‘रेफरल सेन्टर’ का रूपमा चिनिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अनियमितता विवादले अस्तव्यस्त बनेको छ ।

धर्मगुरुलाई गोली हानेको आरोपमा थप २ पक्राउ

पाँच दिनअघि हिन्दु धर्मगुरु श्रीनिवास आचार्यलाई गोली प्रहार गर्न संलग्न रहेको आरोपमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ । यसअघि घटनाकै दिन दुईजनालाई प्रहरीले पक्राउ गरेको थियो ।

बम पड्काएकाे आराेपमा विप्लवका कार्यकर्ता पक्राउ

सातायता उदयपुर भएका दुई वटा बम विष्फोटनका घटनामा संलग्न भएकाे अाराेपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । 

प्रदेशसभामा सुरक्षा बहस

प्रदेशसभा बैठकमा विशेष समय तथा शुन्य समयमा बोल्ने अधिकांश सदस्यहरूले तीनै तहका सरकार बनिसक्दा पनि शान्ति सुरक्षा कायम हुन नसकेको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रदेशसभाले टुंग्यायो समिति

प्रदेशसभाले ७ वटा समितिमा रहने सदस्यहरू बुधवार टुंग्याएको छ । प्रदेशसभा सञ्चालन नियमावली अनुसार ७ वटा संसदीय समितिलाई प्रदेश सभा बैठकले सर्वसम्मत गठन गरेको हो ।

ADVERTISEMENT

नयाँ वर्षमा विशेष कार्यक्रम

सदरमुकाम धनकुटा नगरपालिका ७ हुलाकटोलको चोक सिंगारिएको छ । पानीको फोहोरादेखि फूलको गमला अनि मध्य भागको चुवाको बोट रंगीचंगी बिजुलीले सजिएको छ । कतै बुद्ध त कतै विभिन्न देवताका मुर्ति अनि रंगरोगनले चोक झकिझकाउ छ ।

शान्ति निकेतनलाई राष्ट्रपति शिल्ड

पाँच स्वर्ण जित्दै रोङ गाउँपालिका स्थित शान्ति निकेतन माविले दशौं राष्ट्रपति रनिङ शिल्डमा कब्जा जमाएको छ । जिल्लाका ४३ वटा बिद्यालयलाई पार्दै शान्ति निकेतनले रनिङ शिल्ड जितको हो । शान्ति निकेतनले पाँच स्वर्ण, चार रजत र एक कास्य पदक हात पारेको हो ।

चैत्र २८, २०७४

लागूऔषध र गाँजासहित दुई पक्राउ

भेडेटार र मुलघाटबाट लागूऔषध र गाजासहित प्रहरीले दुई जनालाई बुधबार पक्राउ गरेको छ । धनकुटा नगरपालिका-७ का २० वर्षीय शरद पाख्रिन लागूऔषध स्याक्स्मो चपकोडा कलोजेट ट्याबलेट ५२, एम्पुल र ३० ग्राम गाजासहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

पहिलोचोटि प्रशासक सीमावर्ती गाउँ पुगे

शनिबार साँझ साढे ८ बजे सिदिङवा गाउँपालिका ७ कालीखोलामा पुग्दा वडाध्यक्ष विजय चापागाईं अगेनाको डिलमा आगो तापेर बसेका थिए । प्रमुख जिल्ला अधिकारी मोहन जिसी, स्थानीय समन्वय अधिकारीलगायतका कार्यालय प्रमुख देख्नासाथ भने, ‘अरे साँच्चै पो सबैजना आउनु भएछ ।’

कानुनका मस्यौदा बनाउन ढिलाइ

प्रदेश १ को सरकार गठन भएको २ महिना पुग्न लाग्दा पनि मन्त्रालयहरूले आवश्यक कानुनका मस्यौदा तयार पार्न सकेका छैनन् । केन्द्रबाट नमुना आएपछि त्यसैअनुसार काम अघि बढाउँला भनेर मन्त्रालयहरू बसेका छन् ।