३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

प्रदेशसभामा सुरक्षा बहस

विराटनगर — प्रदेशसभा बैठकमा विशेष समय तथा शुन्य समयमा बोल्ने अधिकांश सदस्यहरूले तीनै तहका सरकार बनिसक्दा पनि शान्ति सुरक्षा कायम हुन नसकेको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रदेशसभामा सुरक्षा बहस

१२ औं बैठकमा बुधवार विशेष समय लिएर ओखलढुंगाका सांसद मोहनकुमार खड्काले लिखु गाउँपालिका अध्यक्ष गोविन्दबहादुर पौडेलमाथि मंगलबार राति आक्रमण भएको भन्दै सुरक्षामा ध्यान दिन आग्रह गरे ।

सांसद इन्दिरा राईले विराटनगरमा चैत २५ गते विराटनगरको जतुवामा हिन्दु धर्म गुरु आचार्य श्रीनीवासलाई गोली हानिएको घटनाप्रति सदनको ध्यानार्कषण गराउँदै अपराधीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरिन् । उनले युरोपियन युनियनको प्रतिवेदनप्रति आपत्ति जनाउँदै हिन्दु धर्ममाथि चौतर्फी आक्रमण भएको र धार्मिक द्वन्द्व बढाउन केही तत्व सक्रिय भएको भन्दै सरकारलाई सजग रहन आग्रह गरिन् ।

शान्तादेवी पौडेलले श्रीनिवासमाथि भएको हत्या प्रयास प्रति सरकारको ध्यानाकर्षण गराइन् । सदस्यहरूले उठाएका प्रश्नमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जवाफ दिएका थिए ।

प्रकाशित : चैत्र २९, २०७४ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?