कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रदेशसभाले टुंग्यायो समिति

७ वटा संसदीय समितिलाई प्रदेश सभा बैठकले सर्वसम्मत गठन गरेको हो 

विराटनगर — प्रदेशसभाले ७ वटा समितिमा रहने सदस्यहरू बुधवार टुंग्याएको छ । प्रदेशसभा सञ्चालन नियमावली अनुसार ७ वटा संसदीय समितिलाई प्रदेश सभा बैठकले सर्वसम्मत गठन गरेको हो ।

प्रदेशसभाले टुंग्यायो समिति

बैठकमा सभामुख प्रदिपकुमार भण्डारीले समितिमा रहने सदस्यहरूको नाम सहमतीका लागि बाचन गरेका थिए । हलले प्रस्तावीत नाममा सहमती जनाएको हो । प्रदेशसभाले १७ सदस्य न्याय, प्रशासन तथा बिधायन समिति, १३ सदस्य सुशासन तथ योजना समिति, ११ सदस्य अर्थसमिति र ९ सदस्य सार्वजनिक लेखा समिति गठन गरेको छ । यस्तै १३ सदस्य सामाजिक विकास समिति, ११ सदस्य उद्योग पर्यटन तथा वातावरण समिति र १२ सदस्य प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समिति गठन गरेको छ ।

समितिले कानुन निर्माण प्रक्रिया र आफ्नो विषयगत सवालमा सरकारलाई निर्देशन दिने अधिकार राख्दछन् । समितिका सभापतिहरूको चयन भने सम्बन्धित समितिले आफैं गर्ने प्राबधान छ । न्याय प्रशासन तथा बिधायन समितिमा रामकुमार ओझा, ज्ञानेश्वर राजबंशी, साबित्री जोशी, बिमल कार्की, बसन्तीदेवी यादव, लिलाबल्लभ अधिकारी, ईन्द्रमणी पराजुली, खिनुलंगवा लिम्बू, राजिव कोइराला, चन्द्रप्रसाद श्रेष्ठ, चुमनारायण तवदार, शान्त पौडेल, टंकबहादुर आंगबुहाङ, सौभाग्यवती राई, जयराम यादव, ईन्दिरा राई र बिष्णु तुम्वाहाम्फे रहेका छन् ।

यसै गरी सुशासन तथा योजना समितिको सदस्यमा भीमप्रसाद आचार्य, तेजमान कन्दङ्वा, हीराकुमार थापा, बलबहादुर साम्सोहाङ, सुनिताकुमारी चौधरी, गुलेफन मियाँ, उषकला राई, शेखरचन्द्र थापा, ज्योति सुब्बा, सुर्यमाराज राई, धिरेन्द्र शर्मा, पूर्णप्रसाद राई र राधा थापा रहेका छन् । अर्थ समितिमा राजनकुमार राई, यशोधा अधिकारी, अर्जुन राई, एकराज कार्की, पदमकुमार गुरुङ, जसमाया गजमेर, प्रतापप्रकाश हाङ्गाम, लिला सुब्बा, ओमप्रकाश सरावागी, पूर्णप्रसाद राजबंशी र रामकुमार राई रहेका छन् । सार्वजनिक लेखा समितिमा तुलसीप्रसाद न्यौपाने, बसन्तकुमार बानिया, सरिता थापा, होमकुमारी साँवा, आशारत्न जवेगु, शिवनारायण गन्गाई सज्जाकुमारी दनुवार, कुलप्रसाद साम्बा र कुसुमकुमारी श्रेष्ठ छन् । यसै गरी समाजिक विकास समितिमा निरन राई, गणेशकुमार काम्वाङ, लक्ष्मण तिवारी, अम्बिका थापा, कृष्णकुमारी राई, राजेन्द्रकुमार राई, साबित्राकुमारी रेग्मी, केदार कार्की, अमनलाल चौधरी, झलकसिंह दर्लामी, कल्पनाकुमारी सरदार, रामचन्द्र लिम्बू र सिता थेबे रहेका छन् ।

उद्योग, पर्यटन तथा वतावरण समितिमा निलम बस्नेत, काजीमान कागते, श्रीप्रसाद मैनाली, कला घले, बृद्धिकुमार राजभण्डारी, रामबहादुर मगर, मोहम्मद ताहिर मियाँ, बिन्दिया कार्की, बिद्यानन्द चौधरी, नारायण बुर्जा मगर र उमिता बिश्वकर्मा रहेका छन् । यसै गरी बुधवार गठन भएको प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिमा उत्तमकुमार बस्नेत, सर्वध्वज साँवा, उपेन्द्र घिमिरे, हिमाल कार्की, बृखबहादुर प्रधान, बिजय विश्वास, मोहनकुमार खडका नवोदिता चौधरी, अम्बिरबाबु गुरुंग र बिनादेवी राई रहेका छन् ।

प्रकाशित : चैत्र २९, २०७४ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?