कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नयाँ वर्षमा विशेष कार्यक्रम

धनकुटा — सदरमुकाम धनकुटा नगरपालिका ७ हुलाकटोलको चोक सिंगारिएको छ । पानीको फोहोरादेखि फूलको गमला अनि मध्य भागको चुवाको बोट रंगीचंगी बिजुलीले सजिएको छ । कतै बुद्ध त कतै विभिन्न देवताका मुर्ति अनि रंगरोगनले चोक झकिझकाउ छ ।

नयाँ वर्षमा विशेष कार्यक्रम

पार्क सजाउन धनकुटा नगरपालिकाले २० लाख रुपैयॉ उपलब्ध गराएको नगर प्रमुख चिन्तन तामाङले बताए । पार्क आगामी नयॉ वर्षको दिनदेखि औपचारिक रुपमा सर्वसाधारणका लागि खुला गरिने भएको छ । यसैगरी धनकुटा नगरपालिका १ स्थित हिलेबजारलाई पनि सजाइएको छ ।

हिलेका विभिन्न स्थानमा १ सय ६ थान फूलका गमला राखिएका छन् । बजारलाई सरसफाइ र अन्य सजावट कार्य धमाधम भइरहेको उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरेले जनाए । ‘हामी नयाँ वर्षलाई विशेष स्वागत गर्न जुटिरहेका छौं,’ उनले भने, ‘अरू बेला समेत सरसफाइलाई निरन्तरता दिइने गरिए पनि नयॉ वर्ष अझ विशेष बनाउने उद्देश्य छ ।’ स्थानीयबासी गौरव कार्की पनि हिले बजारको सरसफाइ र सुन्दरता थप्न आफूहरू सक्रिय रहेको बताउँछन् ।

यस्तै धनकुटा ७ को ऐतिहासिक घुमाउने चौतारोलाई समेत साजसज्जा गरिएको छ । नगरपालिकाले २ लाख रुपैयॉको लागतमा पर्यटक आकर्षणका लागि उक्त कार्य थालिएको जनाईएको छ । कोसी राजमार्गको धरान धनकुटा सडक खण्ड बन्नुअघि पैदल यात्रु आराम गर्ने थलोको रुपमा घुमाउने चौतारा चर्चित छ । त्यहाँबाट तमोर गल्छी तथा वारिवारीको दृश्य नियाल्न सकिन्छ । यस्तै १० लाख रुपैयॉको लागतमा धनकुटा ६ बिच बजारस्थित शीव पार्क निर्माण कार्य सम्पन्न भइसकेको छ । उक्त पार्कमा पनि नयॉ वर्षमा विशेष कार्यक्रम आयोजना गरिने स्थानीयले बताए ।

नगरपालिकाले पछिल्लो समय विभिन्न पार्क तथा भ्यु टावर निर्माणका लागि ८८ लाख बजेट विनियोजन गरेको जनाएको छ । पहिलो चरणमा थालिएका केही निर्माण कार्य सम्पन्न समेत भइसकेको नगरपालिका प्रमुख तामाङले जनाए । धनकुटा ७ को चुलीवनमा ५० लाख रुपैयाँको लागतमा भ्यु टावर निर्माण कार्य समेत थालिएको छ ।

यस्तै सार्वजनिक स्थलका भित्तामा कलाकारहरूले आकर्षक चित्र बनाएर सुन्दरता थपेका छन् । स्थानीय देउराली युवा क्लबका पहलमा उक्त कार्य थालिएको क्लबका सचिव विपिन राजभण्डारीले जानकारी दिए । नगरलाई कला मार्फत चिनाउन र पर्यटकलाई आकर्षक गराउन विभिन्न गतिविधि गरिएको उनले बताए ।

प्रकाशित : चैत्र २९, २०७४ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?