३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

धर्मगुरुलाई गोली हानेको आरोपमा थप २ पक्राउ

विराटनगर — पाँच दिनअघि हिन्दु धर्मगुरु श्रीनिवास आचार्यलाई गोली प्रहार गर्न संलग्न रहेको आरोपमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ । यसअघि घटनाकै दिन दुईजनालाई प्रहरीले पक्राउ गरेको थियो ।

धर्मगुरुलाई गोली हानेको आरोपमा थप २ पक्राउ

घटनाबारे गम्भीर अनुसन्धान भइरहेको भन्दै प्रहरीले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन । प्रहरी उपरीक्षक अरुण बिसीका अनुसार घटना र पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेकाले तत्कालका लागि नाम सार्वजनिक नगरिएको बताए ।


प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकाको जतुवामा बस्दै आएका आचार्यमाथि गत आइतबार गोली प्रहार गरिएको थियो । कुममा गोली लागेका उनको न्युरो अस्पतालमा उपचार भइरहेको छ । हिन्दु राष्ट्रको पक्षमा धारणा राख्दै आएका आचार्य पूर्वराजा ज्ञानेन्द्र निकट थिए ।


पूर्वराजा प्रदेश १ का धार्मिक स्थल भ्रमणमा आएका बेला गत साता आचार्य श्रीनिवास सँगै थिए । हिन्दु धर्मको पक्षमा गतिविधि गर्ने शिव सेना नेपाल नामक संगठनसँग पनि सम्बन्धित थिए । जतुवामा आइतबारैदेखि श्रीमत भागवत सप्ताह पुराण आयोजना गरिएको थियो । यसैको तयारीका क्रममा आचार्य सक्रिय थिए ।


आचार्यमाथि भएको आक्रमणको निन्दा गर्दै उनका समर्थक र उनी आबद्ध संस्थाहरुले सरोकारवाला निकायलाई सुरक्षामा गम्भीर हुन ध्यानाकर्षण गराउने भएका छन् ।

प्रकाशित : चैत्र २९, २०७४ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?