कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

दमकमा प्रहरी र विद्यार्थीबीच झडप

अर्जुन राजवंशी

दमक — झापाको दमकमा शुक्रबार दिउँसो प्रहरी र विद्यार्थीबीच झडप भएको छ । यातायात मजदुरले गाडीमा चढ्न नदिएको तथा दुर्व्यवहार गरेको भन्दै विरोधमा उत्रिएका दमक बहुमुखी क्याम्पसका विद्यार्थी र प्रहरीबीच झडप भएको हो ।

दमकमा प्रहरी र विद्यार्थीबीच झडप

झडपका क्रममा विद्यार्थीको ढुंगा प्रहारबाट केही गाडीमा क्षति पुगेको छ ।


सरकारले दिएको छुटअनुसार यातायात मजदुरले विद्यार्थीलाई गाडीमा चढ्न नदिएपछि क्याम्पस पढ्न गाह्रो भएको भन्दै विद्यार्थीहरु आन्दोलित बनेका हुन् । गत चैत २३ गते स्वतन्त्र विद्यार्थी युनियन, यातायात व्यवसायी र प्रहरीबीच सरकारी छुटअनुसार ४५ प्रतिशत सहुलियतमा विद्यार्थीलाई गाडीमा चढ्न दिने सहमति जुटेको थियो । तर, मे १ ख २४६६, मे १ ख २१५७, बा ५ ख २१४९ र मे १ ख ५८५६ नम्बरको बसले विद्यार्थी चढाउन नमाने भन्दै विद्यार्थीहरु आन्दोलित बनेका हुन् । उनीहरुले सहमति पालन नगरेको भन्दै इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दीपक गिरीको ध्यानाकर्षण गराएका थिए । डीएसपीको ध्यानाकर्षण गराएपछि विद्यार्थीहरु सडकमा उत्रिएर चक्काजाम गराएका थिए ।


विद्यार्थीहरुले सडक अवरुद्ध गरेपछि दिउँसो १ देखि ३ बजेसम्म पूर्व-पश्चिम राजमार्ग ठप्प भएको थियो । विद्यार्थीले चक्काजाम खोल्न नमानेपछि प्रहरीले बल प्रयोग गरेर सडक खुलाएको थियो । सो क्रममा विद्यार्थीले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । ढुंगा प्रहारबाट ना ६ ख ४१६२ नम्बरको ट्रकमा क्षति पुगेको छ । प्रहरीले बल प्रयोग गरी चक्काजाम खुलाएको छ ।

प्रकाशित : चैत्र ३०, २०७४ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?