कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

८० पुगेकालाई घर घरमा स्वास्थ्य उपचार 

विनोद भण्डारी

विराटनगर — नयाँ वर्षको अवसरमा मोरङको पथरी-शनिश्चरे नगरपालिकाले नगरका ८० वर्ष पुगेका जेष्ठ नागरिकलाई घरघरमा गएर स्वास्थ्य उपचार गर्ने अभियान शनिबारबाट सुरु गरेको छ ।

८० पुगेकालाई घर घरमा स्वास्थ्य उपचार 

नगर प्रमुख दिलिपकुमार राईले ‘ज्येष्ठ नागरिकको स्वास्थ्यसाग नगरपालिका’ कार्यक्रमको शनिबार उद्घाटन गर्दै पथरीका स्वास्थ्य चौकीमार्फत ज्येष्ठ नागरिकको घरघरमा गएर स्वास्थ्य चेकजाँच गरेर नि:शूल्क औषधी प्रदान गर्ने बताए ।


नगर क्षेत्रमा ८० वर्ष नाघेका ९ सय २७ जना जेष्ठ नागरिक छन् । स्वास्थ्य चौकी पथरीका इन्चार्ज मुरारी आचार्यले भने ती जेष्ठ नागरिकलाई नगरमा रहेका चारवटा स्वास्थ्य संस्थाले हरेक महिना एकसातासम्म उनीहरुको घरघरमा पुगेर स्वास्थ्य परीक्षण गरी नि:शुल्क औषधी वितरण गर्नेछन् । यसका लागि नगरपालिकाले दुई लाख मूल्य बराबरको स्वास्थ्य उपकरण खरिद गरिसकेको उनले जानकारी दिए ।


यसैबीच पथरीशनिश्चरे नगरपालिकाले नगरमा रहेका ७० वर्ष माथिका नागरिकलाई वर्षमा एक पटक प्रदेश १ का कुनैपनि अस्पतालमा गएर उपचार गर्नुपरे नगरपालिकाले एक पटक आउजाउका लागि नि:शुल्क एम्बुलेन्सको व्यवस्था गर्ने निर्णय गरेको छ ।

प्रकाशित : वैशाख १, २०७५ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?