चिनीमा युरिया मिसाउने कारबाहीमा

खोटाङ — चिनीमा युरिया मल मिसाएर बेचेको भेटिएपछि प्रशासनले दिक्तेल बजारस्थित एक पसल सिलबन्दी गरेको छ । सल्लेरीटोलस्थित जानकी जनरल सप्लायर्समा चिनी किन्न आएका एक ग्राहकले मल मिसाइएको गुनासो गरेपछि प्रशासनले छापा मारेको हो ।

चिनीमा युरिया मिसाउने कारबाहीमा

सहायक प्रजिअ सन्तोष सुवेदीका अनुसार सप्लायर्सले युरिया मिसाएको गुनासो आएपछि अनुगमन गर्दा ना५ख ७१३० नम्बर ट्रकमा राखेर फाल्न तयार गरिएको साढे तीन बोरा र गोदाममा दुई बोरा चिनी फेला परेको छ । त्यसपछि गोदाम खनतलासी गर्दा थप दुई बोरा चिनी फेला परेको सुवेदीले सुनाए ।


ट्रकमा राखेर अन्यत्र लान तयार पारिएको चिनी र ट्रक दिक्तेलको रत्नपार्कस्थित सामुदायिक प्रहरीमा त्यसै दिन सिलबन्दी गरेर राखिएको सुवेदीले जनाए । त्यस्तै गोदाम र पसलमा पनि सिलबन्दी गरिएको छ ।


चिनीमा युरिया मिसावट गर्ने सप्लायर्सका सञ्चालक मुकेश्वर पाण्डे र ट्रक चालक उदयपुर गाइघाटका २७ वर्षीय सन्जीवकुमार चौधरीलाई बयान गरी दैनिक तारेखमा राखिएको उनले जानकारी दिए ।

प्रकाशित : वैशाख ३, २०७५ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?