१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

छुवाछुत मुक्त प्रदेश बनाउँछौं : मन्त्री घिमिरे  

सुनसरी — प्रदेश १ का शिक्षा स्वास्थ्य तथा सामाजिक विकासमन्त्री जीवन घिमिरेले जातीय छुवाछुत जस्ता विभेदको अन्त्य गर्न सरकारले तत्काल नयाँ कार्यक्रम ल्याउने बताएका छन् । 

छुवाछुत मुक्त प्रदेश बनाउँछौं : मन्त्री घिमिरे  

सुनसरीको इटहरीमा सोमबार सम्पन्न विश्वकर्मा बृहत एकता भेलाको उद्घाटन गर्दै मन्त्री घिमिरेले प्रदेशका सबै जातजातिले पुरातन चिन्तन त्यागेर प्रदेश सरकारको लक्ष्य प्राप्तिमा सहयोग गर्न आग्रह गरे । उनले विभेदमुक्त समाज निर्माणमा सरकारले पहिलो प्राथमिकता दिने बताए ।


उनले प्रदेश १ लाई जातीय विभेद रहित प्रदेश घोषणा गर्ने योजनासहित सरकारले काम गरिरहेकाले अब जातीय उत्पीडनको विषय इतिहासमा सीमित राख्ने बताए ।


मन्त्री घिमिरेले जातीय उत्पीडनका मुद्दाहरु अझै पनि गाँउ–समाजमा विद्यमान रहनु दुखद भएको भन्दै त्यसबाट मुक्ति पाउन दलित एवं उत्पीडित समुदायले पनि आफुलाई त्यस वर्गमा रहेको भन्ने हेला भावनाबाट प्रेरित हुन छाड्नु पर्ने बताए ।

प्रकाशित : वैशाख ३, २०७५ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?