एमाले उदयपुरमा विवाद

उदयपुर — जिल्ला कमिटी र सचिवालयमा जथाभावी सदस्या मनोनीत गरेको विषयलाई लिएर एमाले उदयपुरमा विवाद भएको छ । जिल्ला कमिटीको नियमित बैठकमा गणपूरक संख्या नै नपुगी विधान विपरीत मनोनीत गरेको भन्दै विवाद भएको हो ।

एमाले उदयपुरमा विवाद

कमिटीले २८ जनालाई जिल्ला कमिटीमा र केही जिल्ला कमिटीका सदस्यलाई सचिवालयमा मनोनीत गरेपछि एमालेमा विवाद चुलिएको हो । सोमबार बसेको जिल्ला कमिटीको नियमित बैठकले विधान विपरीत र बैठकमा गणपूरक संख्या नपुगी जिल्ला कमिटी थप गरेपछि विवाद बाहिरको छ ।

नियमित बसेको बैठकले विभिन्न नगरपालिका र गाउँपालिकाबाट नयाँ नाम जिल्ला कमिटीमा पेस गरेसँगै एकलौटी ढंगबाट अध्यक्ष ईश्वर मणि राउत, उपाध्यक्ष विमल कार्की, सचिव परमेश्वर घिमिरेले पेस गरेको नाममा नेकपा एमाले केन्द्रीय सदस्य तथा उदयपुर जिल्ला इन्चार्ज बलदेव चौधरी सहितले समर्थन जनाउँदै नयाँ अनुहार जिल्ला कमिटीमा मनोनीत गरेपछि विवाद भएको सचिवालय सदस्य खड्ग परियारले बताए ।


परियारका अनुसार ७६ जनाको जिल्ला कमिटी रहेको उदयपुरमा एक जना जिल्ला कमिटी सदस्यको मृत्यु भएको छ । बैठकमा गणपुरका संख्या पुग्न ३८ जना आवश्यक पर्छ । तर ३६ जनाको उपस्थितिमा गणपूरक संख्या नै नपुगी अध्यक्ष, उपाध्यक्ष, सचिव तथा जिल्ला इन्चार्जले एकलौटी ढंगले मानोनीत गरेको परियारले वताए ।

‘त्यो विधान विपरीत छ, त्यसको विरोध आगामी बैठकमा जोजदार रूपमा हुन्छ,’ सदस्या परियारले भने, ‘सोमबारको वैठकमा गणपूरक संख्या नपुगेपछि आफूहरूले बैठमा नोट अफ डिसेन्ट लेख्दै बैठक बहिष्कार गरका हौं ।’ तर बहुमतबिनाको निर्णय बाहिर सार्वजनिक गरिएको जुन अपरिपक्क भएको उनले बताए ।


विधान र नियमबमोजिम नै सदस्यको मनोनीत गरेको जिल्ला कमिटी अध्यक्ष राउतले बताए । उनले भने, ‘नियमित बैठक बसेर विधानअनुसार नै मनोनीत गरेको र असन्तुष्टहरूले विरोधमात्रै गरेका हुन् ।’


सचिवालयमा मनोनीत गरेकाहरू केही पुराना जिल्ला सदस्य हुन भने केही सोमबार मनोनीत जिल्ला सदस्यहरू हुन् । ७८ जनाको जिल्ला कमिटी सदस्य रहेको नेकपा एमाले जिल्ला कमिटी अब १०३ जनाको बनेको छ ।

प्रकाशित : वैशाख ४, २०७५ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?