१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

छतबाट खसेर एकको मृत्यु

अर्जुन राजवंशी

दमक — घरको छतबाट खसेर झापाको दमकमा शुक्रबार बिहान एक महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालयका अनुसार पाँचथरको फिदिम नगरपालिका–२ गोलाटारमा घर भई दमक नगरपालिका–७ मा डेरा गरी बस्ने २७ वर्षीया कमला गुरुङको मृत्यु भएको हो । 

छतबाट खसेर एकको मृत्यु

कमला राति दुई तले घरको छतमा सुतेकी थिइन् । बिहान २ बजेतिर उठेर तल झर्ने क्रममा उनी छतबाट खसेको प्रहरीले जनाएको छ । खसेर गम्भीर घाइते भएकी कमलाको स्थानीय लाइफ लाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रकाशित : वैशाख ७, २०७५ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?