कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

घाँटी रेटेर बालिकाको हत्या

विराटनगर — मोरङको सुनबर्षी नगरपालिका–७ बरडंगामा एक बालिकाको घाँटी रेटेर हत्या भएको छ । इलाका प्रहरी कार्यालय रंगेलीका अनुसार स्थानीय १३ वर्षीया अप्सरा खातुनको शुक्रबार राति हत्या भएको हो ।

घाँटी रेटेर बालिकाको हत्या

घरभन्दा करिब ५ सय मिटर उत्तर मकैबारीमा घाँटी रेटेर हत्या भएको अवस्थामा उनको शव फेला परेको प्रहरी निरीक्षक सञ्जीवबाबु खड्काले बताए । साँझ घाँस काट्न गएकी बालिका अबेरसम्म नफर्केपछि परिवारले खोजी गरेको थियो । त्यही क्रममा मकैबारीमा मृत फेला पारिएको प्रहरीले जनाएको छ ।


रंगेलीकै वडा २ मा अज्ञात सवारी साधनको ठक्करले स्थानीय ५९ वर्षीय सुकरतिया सरदारको राति मृत्यु भएको छ ।

प्रकाशित : वैशाख ८, २०७५ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?