कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

माेरङमा दुई शव बरामद 

देवनारायण साह

मोरङ — सुनवर्सी र रंगेली नगरपालिकामा दुई जना मृत भेटिएका छन् । सुनवर्षी–७ का तार्याफुर मियाँ की १३ वर्षीया छोरी अप्सना खातुन शुक्रबार साँझ मकैबारीमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेकी हुन् । 

माेरङमा दुई शव बरामद 

घर नजिक मकै बारीमा घाँस काट्न गएको समयमा उनलाई धारीलो हतियारले घाँटी रेटी हत्या गरेको अवस्थामा फेला परेको इलाका प्रहरी रंगेलीले जनएको छ ।

घर देखि ५ सय मिटर टाढाको मकै बारीबाट साँझ परे पनि नफर्के पछि खोज्ने क्रममा उनको शव मकै बारीमा आफन्तले फेला परेको हो ।

यस्तै, रंगेली नगरपालिका–२ मंगलबारेका ५९ वर्षीय सुक्रिया ऋसिदेवको रहस्यमय मृत्यु भएको छ । उनको शव बेतौना बवियाविर्ताको भित्री सडकखण्डमा फेला परेको प्रहरीले जनाएको छ । दुवै जनाको शव पोष्टमार्डमकालागि रंगेली अस्पतालमा राखिएको प्रहरीले जनायो ।


इलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरीक्षक संन्जिवबाबु खड्काले दुबै घटनाको सुक्ष्म अनुसन्धान भइरहेको बताए ।

प्रकाशित : वैशाख ८, २०७५ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?