कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

वन मासेर रातारात सडक

डिल्लीराम खतिवडा

उदयपुर — चोरी तस्करीको शैलीमा कटारी नगरपालिका ४ स्थित मरुवा हरित सामुदायिक वन क्षेत्रमा रातारात स्काइभेटर प्रयोग गरेर सडक खनिएको छ । तीन दिनअघि मध्यरातमा वन क्षेत्रमा स्काइभेटर प्रयोग गरेर सडक खनिएको हो ।

वन मासेर रातारात सडक

सिद्धिचरण राजर्मागसँग जोडिएको बज्रकन्य मन्दिरदेखि मरुवाहरित सामुदायिक वन क्षेत्रभित्र झन्डै २ किलोमिटर दोहोरो यातायता सञ्चालन हुन सक्ने सडक खनिएको छ । बिहीबार मध्यरातमा सडक खनिएको हो । सडक किन र कसले खन्यो खोजीको विषय बनेको छ ।

मरुवाहरित सामुदायिक वन क्षेत्र हँुदै कटारी नगरपालिका ७ स्थित मरजेटपुरमा सडक निर्माण गर्ने योजना थियो । मरजेटपुरमा रहेको र्सौय सिमेन्ट उद्योगको चुन ढुंगा खानीसम्म सडक विस्तार गर्ने योजना अघि सारिए पनि वातावरणीय असर प्रभाव मूल्यांकन लगायतका काम नभएको भन्दै सामुदायिक वनले सडक विस्तार गर्न मानिरहेको थिएन ।

मध्यरातमा जंगलभित्र जेसीभी प्रयोग गरेर सडक खनिएको मरुवाहरित सामुदायिक वन उपभोक्ता समूहका सचिव विनोद दनुवारले बताए । उनका अनुसार बिहीबार राति जंगलमा सडक खनिएको छ । सडक कसले र कुन प्रयोजनका लागि खन्यो खोजी भइरहेको सचिव दनुवारले बताए ।

‘सडक कुन प्रयोजनका लागि किन खनियो, खोजी भइरहेको छ,’ सचिव दनुवारले भने, ‘स्थानीय तह, वन कार्यालय, प्रहरी र उपभोक्ता समितिलाई जनकारी नै नगराई रातारात सडक खनियो ।’ र्सौय सिमेन्ट उद्योगको चुनढुंगा खानीसम्म सडक विस्तार गर्ने चर्चा भइरहेको एक्कासि मध्यरातमा सडक खन्नुले आश्चर्य लागेको उनले बताए ।

उपभोक्ता समितिका अध्यक्ष विष्णु दनुवार मुलुक बाहिर रहेको र आफू पनि सदरमुकाम गाईघाटमा रहेका समयमा सडक खनिएको सचिव दनुवारले बताए । सडक खन्दा दर्जनौं रूख नोक्सानी भएको छ । पहिलेको बिरुवा हानि नोक्सानी भएपछि पुन: वृक्षरोपण गरिएको क्षेत्रमा अहिले सडक खनिएको सामुुदायिक वन उपभोक्ता समूहका पूर्वअध्यक्ष राकेशकुमार दनुवारले बताए । बेल र मसलाको बिरुवा रोपेको क्षेत्रबाट सडक खनिएकाले ती बिरुवा नोक्सानी भएको हुन सक्ने पूर्वअध्यक्ष दनुवारले बताए ।

‘चोरी तस्करीको शैलीमा मध्यरातमा जंगल क्षेत्रमा जेसीभी प्रयोग गरेर सडक खनिएको छ,’ पूर्वअध्यक्ष राकेशले भने, ‘पहिले सामन्य रूख काटिदा पनि उपभोक्ताले मरुला जस्तो गरे ।’ तर अहिले दर्जनांै रूख नोक्सानी पुयाउदा जंगल छेउमा रहेका उपभोक्ता समेत मौन रहेको उनले बताए । काटारी क्षेत्रका दर्जनौं सामुदायिक वन क्षेत्रमा जथाभावी रूख काट्ने र बाटो खन्ने काम भइरहेको छ । स्थानीय तहले वन क्षेत्र आफनो भन्दै जथाभावी सडक खन्ने कामलाई तीव्रता दिएछन् । सडक खन्ने काम रोक्न खन्दा झन्डै महिना दिन पहिले सेक्टर वन कार्यालय कटारीका उपसचिव नारायण श्रेष्ठलाई उदयपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका सांसद सुरेशकुमार राई र प्रदेश सांसद कला घले लगायत जनप्रतिनिधि कै उपस्थितमा कुटपिट तथा दुव्र्यवहार भएको थियो ।

उपसचिव श्रेष्ठमाथि भएको दुव्र्यवहर र कुटिपट गर्नेमाथि कारबाही नभएको भन्दै कटारी सेक्टरअन्तर्गतका कर्मचारीले वन संरक्षणमा खासै चासो देखाएका छैन । संरक्षण गर्दा पुन: आफूमाथि पनि दुव्र्यवहर हुन सक्ने र असुरक्षित भएको भन्दै संरक्षण गर्न नसकिएको एक कर्मचारीले बताए । वन कर्मचारीको निष्क्रियता र उपभोक्ता समितिका पदाधिकारी बाहिर रहेको समयमा वन क्षेत्रमा अतिक्रमण हुने गरेको सर्वसाधारणले गुनासो गरेका छन् ।

प्रकाशित : वैशाख ९, २०७५ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?