कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बालबिबाह रोक्न चासो नदिएको आरोप

विराटनगर

विराटनगर — बालबिबाह सम्बन्धी उजुरी दिंदा प्रहरीले अनुसन्धान र कारबाहीमा ध्यान नदिएको सरोकारवाला संस्थाले आरोप लगाएको छ ।

बालबिबाह रोक्न चासो नदिएको आरोप

अभिभावकले उमेर नपुगी गरिदिएको बालबिबाह रोक्न माग गर्दै दिएको उजुरी प्रहरीले बेवास्ता गरेको संस्थाका प्रतिनिधिको गुनासो छ ।


सुनसरीको इटहरी उपमहानगरपालिका–१७ पकलीकी १६ वर्षीया सबना खातुनको मोरङ, रंगेलीका कयामुद्दिनसँग गत फागुन १५ गते बिबाह तय भएको थियो । परिवारले कार्ड छापेर आफन्त र छरछिमेकलाई निम्तो पनि गरिसकेको थियो । रिलिफ नेपाल फाउण्डेशन नामक संस्थाका प्रतिनिधिले यो थाहा पाएर उपमहानगरलगायत निकायमा निवेदन दिएको थियो । संस्थाकी अध्यक्ष रबिना खातुनले उक्त निवेदनमा अनुसन्धान र कारवाही नगरी बेवास्ता गरिएको बताइन् ।


त्यसबेला तय भएको बिहे संस्थाकै पहलमा रोकिएको थियो । तर केही दिनमै अभिभावकले सुटुक्क ती किशोरीको उनै युवकसँग बिहे गराएको संस्थाको भनाइ छ । यो बिबाह रोक्न इलाका प्रहरी रंगेलीमा संस्थाकै तर्फबाट चैत अन्तिम साता उजुरी दिएको थियो ।


इलाका प्रहरी कार्यालय रंगेलीका निरीक्षक सञ्जीवबाबु खड्काका अनुसार सुनसरीको पकलीस्थित इलाका प्रहरीमा पत्राचार गरी किशोरी र उनका अभिभावकलाई झिकाउन अनुरोध गरिएको छ । उनीहरु आएपछि केटा पक्षलाई समेत उपस्थित गराएर वास्तविकता बुझ्ने उनले बताए । बिहेको सबै प्रमाण जुटेपछि मुद्दा दर्ता गर्नुपर्ने अवस्था भए त्यसैअनुसार प्रक्रिया अघि बढाइने उनको भनाइ छ ।

प्रकाशित : वैशाख ९, २०७५ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?