कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

४४ लाखको कपडासहित भारतीय नागरिक पक्राउ

प्रदीप मेन्याङ्बो

सुनसरी — भन्सार छली अवैध चोरी पैठारी गरेर नेपाल प्रवेश गराएको अवस्थामा जिल्ला प्रहरी कार्यालय सुनसरीले आइतबार एक भारतीय नागरिकलाई  गाडीसहित कपडा बरामद गरेको छ ।

४४ लाखको कपडासहित भारतीय नागरिक पक्राउ

प्रहरीले ४४ लाख ३ हजार ५ सय ५५ रुपैयाँ बराबरको कपडा बरामद गरेको हो ।


पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल प्रान्तको सिलिगुडी स्थित देवीगञ्ज घर बताउने ३८ वर्षीय मुकुल राय छन् ।


जिल्ला प्रहरी कार्यालय सुनसरीका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायण चिमोरियाको कमाण्डमा गएको गस्ती टोलीले अवैध भन्सार छली गरेर नेपाल ल्याएको गाडी र कपडा बरामद गरेको हो ।


राय र बरामद सामान आवश्यक अनुसन्धानका लागि कोशी ब्यारेजस्थित सेतुवन्ध भन्सार कार्यालयमा पठाइएको प्रनाउ चिमोरियाले बताए ।

प्रकाशित : वैशाख ९, २०७५ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?