कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

बम विस्फोटन गराएको अभियोगमा दुई पक्राउ

रासस

विराटनगर — विराटनगरस्थित भारतीय राजदूतावासको सम्पर्क कार्यालय नजिक बम विस्फोट गराएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

बम विस्फोटन गराएको अभियोगमा दुई पक्राउ

पक्राउ पर्नेमा मोरङको बेलबारी नगरपालिका–४ बस्ने ४२ वर्षीय युगेन भन्ने उदय राई र ताप्लेजुङको थुकिमा–७ बस्ने ३४ वर्षीय भीम लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । दुवै जनालाई गत आइतबार प्रहरीले पक्राउ गरेका हो ।


वैशाख ३ गते बेलुकी ८:१५ बजेको समयमा विराटनगर–१३ स्थित सो कार्यालयको पश्चिमतर्फको खुल्ला चौरमा उनीहरुले बम विस्फोट गराएको बताइएको छ ।


विस्फोटनबाट सो सम्पर्क कार्यालयको पर्खालमा सामान्य क्षति भएको थियो । साथै सो विस्फोटन भएको स्थानको नजिकमा रहेको देवकान्त झाको घरको झ्यालको सिसाको तोडफोडमा समेत संलग्न रहेको अनुसन्धानबाट खुल्न आएको प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी गराए ।


ती दुवै जनाको जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

प्रकाशित : वैशाख १०, २०७५ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?