१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

धनकुटाकाे राजारानीमा पर्यटकीय महोत्सव हुने

प्रदीप मेन्याङ्बो

सुनसरी — प्राकृतिक सौन्दर्यले भरिपूर्ण धनकुटाको राजारानी (मावरक–पावरक) लाई प्रदेश नं. १ को पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले पहिलो पटक मावरक पावरक पर्यटकीय सांस्कृतिक महोत्सव अयोजना हुने भएकाे छ ।

धनकुटाकाे राजारानीमा पर्यटकीय महोत्सव हुने

सुनसरीको धरानमा सोमबार अायाेजकले पत्रकार सम्मेलन गर्दै महोत्सव बारे जानकारी दिएकाे हाे ।


चौविसे गाउँपालिकाको आयोजनामा बैशाख १७ गतेदेखि पाँचदिनसम्म सञ्चालन हुने पर्यटकीय सांस्कृतिक महोत्सवमा वर्षैभरी चीसो हुने मावरक पावरक ताल, नागबेली पार्क, काली झर्ना, सामला लुङधुम डाँडा, नजिकै रहेको जेफाले होम स्टे, दक्षिण एसियामै सबैभन्दा ठूला वरको रुख, सूर्योदयको दृश्य हेर्ने डाँडाबजारको ध्वजे डाँडाको अवलोकन गर्न सकिने छ ।


पूर्वको आकर्षक पर्यटकीय स्थलको रुपमा परिचित चौविसे गाउँ धरानबाट भेडेटार, नाम्जे हुँदै ३४ किमी उत्तरमा पर्छ । महोत्सव अयोजक समितिका विजु राईले भने, ‘हामीसँग पर्यटकीय स्थल धेरै छन् ।


तर प्रचार प्रसारको अभावले ओझेल परेको र पर्यटक आकर्षित गर्न सकिएको छैन । यसपटक उनीहरुको ध्यानाकर्षण गर्नकै लागि सांस्कृतिक कार्यक्रम सहितको महोत्सव गर्न लागेका हौँ ।’


महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्न चर्चित हास्यकलाकार विल्सन विक्रम राई (तक्मे बुढा), कलाकार गायिका मेलिना राई, पूर्वाञ्चल सिंगिङ स्टार विजेता अमित थापा, प्रदेश नंं १ स्तरीय फुटबल प्रतियोगिता, कलाकारहरु तारा प्रकाश लिम्बु, सुनिता लिम्बु, कमल खत्री,, मेनुका सोदेन लिम्बु, देवेन चेम्जोङलगायतको प्रस्तुती समावेश गरिएको छ ।

प्रकाशित : वैशाख १०, २०७५ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?