भन्सार छलीमा संलग्न २ भारतीय पक्राउ

सुनसरी — भारतीय कारखानामा निर्मित विभिन्न ब्रान्डका कपडा भन्सार छलेर चोरी पैठारी गरी नेपाल छिराइएको बेला सुनसरीको हरिनगरा सिमानाकाबाट प्रहरीले सोमबार एक थान मोटरसाइकल सहित ८६ हजार ४ सय रुपैयाको सामान बरामद गरेको छ । 

भन्सार छलीमा संलग्न २ भारतीय पक्राउ

जिल्ला प्रहरीका नायव उपरीक्षक नारायण चिमोरियाका अनुसार चोरी पैठारीमा सम्लन भारतीय नागरिक सविम अन्सारीलाई मोटर साइकल सहित पक्राउ गरिएको छ । अन्सारीले मोटरसाइकलमा लोड गरेर नेपाल भित्र्याएका थिए । अन्सारीलाई भुटाहास्थित प्रहरी चौकीका गस्ती टोलिले पक्राउ गरेको थियो ।


यसैगरी प्रहरीले सुनसरी हरिनगरा गाउँपालिका–२ को सिमानाबाट चोरी निकासी गरी भारतीय बजारतर्फ लैजाँदै गरेको अवस्थामा पाँच वटा गोरु सहित विहारको घुर्ना ग्रामपंचायत बस्ने वस्ने ३५ वर्षीय जाहिद अन्सारीलाई पक्राउ गरेको छ । पाच गोरुको मूल्य करिव ५० हजार रुपैया रहेको बताइएको छ ।


प्रहरीले पक्राउ सविम र जाहिदलाई आवश्यक कानुनी कारबाहीका लागि बरामद सामान र गोरुसहित सोमबार सुनसरीको कोसी व्यारेजस्थित भन्सार कार्यालयमा पठाएको छ ।

प्रकाशित : वैशाख १०, २०७५ २०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?