इन्जिनियरिङका दुई विद्यार्थीमाथि छुरा प्रहार 

प्रदीप मेन्याङ्बो

सुनसरी — सुनसरीको धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत दुई विद्यार्थीमाथि सोमबार राति छुरा प्रहार भएको छ । 

इन्जिनियरिङका दुई विद्यार्थीमाथि छुरा प्रहार 

पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानमा चौथो वर्षमा अध्यनरत बाग्लुङका सुजन खड्का र काभ्रे धुलिखेल बस्ने प्रदिप सापकोटा माथि ३ जनाको समुहले छुरी प्रहार गरी मोबाइल समेत लुटेका छन् । सुजन खड्का अखिल क्रान्तिकारीका पुर्व ईकाई उपाध्यक्ष रहेको बुझिएको छ ।

प्रहरीका अनुसार राति ८ बजे साथीबाट नोटकपी लिएर डेरातर्फ आउदै गरेको बेला खड्का र सापकोटामाथि छुरी प्रहार र लुटपाट भएको हो । खड्काको हात, छातीमा र सापकोटाको छातीमा चोट लागेको छ ।

घाइते दुवैको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी रामेश्वर पौडेले बताए ।

घटनामा संलग्न रहेको आरोपमा मंगलबार विहान प्रहरीले विज्ञान लिम्बुलाई पक्राउ गरेको छ । अन्य दुई जना कुम्बे लिम्बु र विकेन लिम्बु फरार छन् । प्रहरीले उनीहरुलाई ज्यान मार्ने उद्योग अन्तर्गत कारवाही गर्ने जनाएको छ ।

प्रकाशित : वैशाख ११, २०७५ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?