सरकारी जग्गा अतिक्रमण

ठोस निर्णय हुन नसक्दा अतिक्रमण रोक्न र हटाउन समस्या भयो 
डिल्लीराम खतिवडा

उदयपुर — त्रियुगा नगरपालिका १३ स्थित सरकारी स्वामित्वको विमानस्थलको १७ बिघा जग्गा अतिक्रमण भएको छ । २०३१ सालतिर विमानस्थल निर्माण गर्ने भनेर हवाई फिल्ड नामकरण गरिएको थियो ।

विमानस्थल निर्माण गर्ने भनेरै तत्कालीन समयमा जग्गा ‘हवाई मैदान’ कै नाममा दर्ता गरिएको हो । सरकारको स्वामित्वमा रहने गरी १६ बिघा १४ कठ्ठा १६ धुर जग्गामा हवाई मैदानका नाममा लालपुर्जा रहेको स्थानीयले बताए ।


पहिलेको हवाई मैदान थारूहट रंगशाला र मदन भण्डारी सभा गृह निर्माण हुनुका साथै बजार विस्तार समेत गरिएको छ । अहिले हवाई मैदानकै जग्गामा तरकारी बजार छ । दक्षिण पूर्व भागमा सभा गृह बन्दैछ । बाँकी भाग अतिक्रमण भइरहेको छ । अतिक्रमण क्षेत्रमा पहिले नै ४३ वटा पक्की घरसहितका विभिन्न संरचना बनेका छन् । अहिले करिब १७ वटा घर निर्माण भइरहेको त्रियुगा नगरपालिकाले जनाएको छ ।

Yamaha


जग्गा विमानस्थलको नाममा रहे पनि पटकपटक प्रयास गर्दा पनि विमानस्थल बनेन । नागरिक उड्डयान मन्त्रालयको प्राविधिक टोलीले प्राविधिक दृष्टिकोणले उक्त जग्गा उपयुक्त नभएको भनेपछि विमानस्थल बनाइएन । विमानस्थल नबन्ने निश्चित भएपछि भू–माफियाले जग्गा अतिक्रमण गरेर बिक्री वितरण गरेको सर्वसाधारणले बताए । विमानस्थल नबनेपछि अहिले तीव्र रूपमा जग्गाको अतिक्रमण भइरहेको छ । स्थानीय तहका जनप्रतिनिधिकै संरक्षणमा सर्वसाधारणले जग्गा अतिक्रमण गरिहेको स्थानीय नरमान राईले बताए । ‘नेपाल सरकारको नाममा रहेको जग्गा तीव्र रूपमा अतिक्रमण भइरहेको छ,’ नरमानले भने, ‘तर नगरपालिकाले यस विषयमा खासै चासो लिएको छैन ।’ नगरपालिकाका जनप्रतिनिधि नै जग्गा अतिक्रमण गर्ने भूमाफियासँग मिलेर रकम लिएकाले वास्ता नगरेको उनले बताए । सरकारी जग्गा अतिक्रमण गरिरहँदा नगरपालिका, स्थानीय प्रहरी प्रशासन मौन रहेको सर्वसाधारणले आरोप लगाएका छन् । नगरपालिका प्रमुख र वडा अध्यक्षलाई जानकारी दिँदा पनि बेवास्ता गरेको सर्वसाधारणले गुनासो गरेका छन् ।


सरकारी स्वामित्वमा रहेको हवाई मैदानको जग्गा अतिक्रण भएको नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले बताए । ‘सार्वजनिक जग्गा अतिक्रमण भएको छ, अतिक्रमण गरेर पक्की संरचना समेत बनिसकेका छन् ।’ अतिक्रमण रोक्न प्रयास गरिए पनि राजनैतिक संरक्षणका कारण ढिलो भएको उनले बताए ।


नगरपालिकाले पहिले पनि अतिक्रमण भएको क्षेत्रबाट घरटहरा हटाउन सार्वजनिक सूचना जारी गरिसकेको प्रमुख प्रशासकीय अधिकृत लुइँटेलले बताए । ‘त्रियुगा नगरपालिकको कार्यपालिकमा समेत अतिक्रमण हटाउने एजेन्डा लगियो,’ अधिकृत लुइँटेलले भने, ‘तर त्यहाँ पनि ठोस निर्णय हुन नसक्दा अतिक्रमण रोक्न र हटाउन समस्या भयो ।’ तर चाँडै प्रक्रिया पूरा गरेर अतिक्रमण हटाउने काम गरिने उनले बताए ।


अतिक्रमण गरिएको क्षेत्रमा प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर कार्की सहितले अनुगमन गरेर घर बनाउँदै गरेकालाई घर नबनाउन निर्देशन दिएको स्थानीयले बताए । अतिक्रमण हटाउने भन्दै प्रमुख जिल्ला अधिकारी कार्कीले घर नबनाउन र थप अतिक्रमण नगर्न भनेको अतिक्रमण क्षेत्रमा रहेका स्थानीले बताए ।

प्रकाशित : वैशाख १२, २०७५ १२:२७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बम पड्काएकाे आराेपमा विप्लवका कार्यकर्ता पक्राउ

डिल्लीराम खतिवडा

उदयपुर — सातायता उदयपुर भएका दुई वटा बम विष्फोटनका घटनामा संलग्न भएकाे अाराेपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । 

पक्राउ पर्नेहरुमा ३५ वर्षीय पूर्ण तामाङ र ४० वर्षीय जनक श्रेष्ठ रहेका छन्। तामाङलाई रामपुर र श्रेष्ठलाई सदरमुकाम गाईघाटबाट पक्राउ गरिएको उदयपुर प्रहरीका सूचना अधिकृत मनप्रसाद श्रेष्ठले बताए। उनीहरु दुवैजना नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ।

आइतबार त्रियुगा नगरपालिकाको चुहाडेस्थित क्रसर उद्योग र बुधबार सदरमुकाम गाईघाटस्थित हावई फिल्डमा बम विष्फोटन भएको थियो। हावई फिल्डको विष्फोटनमा् १४ वर्षीय बालक पारस राई गम्भीर घाइते भएका थिए। घाइतेको विराटनगरस्थित एक अस्पतालमा उपचार भइरहेको छ।

तामाङ र श्रेष्ठ दुवैलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

प्रकाशित : चैत्र २९, २०७४ १६:१६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT