हतियारसहित ७ भारतीय पक्राउ

विराटनगर — हतियार र लागूऔषधिसहित प्रहरीले सातजनालाई पक्राउ गरेको छ । भारतीय नम्बर प्लेटका तीनवटा मोटरसाइकलमा सवार ६ जना र अर्का एकजनालाई मंगलबार पक्राउ गरिएको हो ।

हतियारसहित ७ भारतीय पक्राउ

पक्राउ पर्नेमा भारत, बिहारको अररियाका रोहितकुमार शर्मा, विनोद यादव, राजाकुमार यादव, नीलमदेवी यादव, प्रकाशकुमार दास, रञ्जितकुमार शर्मा र सुरजनारायण यादव छन् ।


उनीहरुको साथबाट ‘मेड इन यूएसए’ लिखित अटोमेटिक पेस्तोल र गोली, विभिन्न नामका लागूऔषध, ६ वटा मोबाइल र ८१ हजार नेपाली रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

प्रकाशित : वैशाख १२, २०७५ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?