फोटो पत्रकार दिवसमा प्रभातफेरी

सुनसरी — फोटो पत्रकार दिवसको अवसरमा  पत्रकार स‌ंघ सुनसरीले  बिहीबार धरानमा प्रभातफेरी र कोणसभा सम्पन्न गरेको छ ।

फोटो पत्रकार दिवसमा प्रभातफेरी

फोटो पत्रकारिता पेशामा सम्लग्न सुनसरीका पत्रकारहरु विभिन्न प्ले कार्ड र ब्यानर बोकेर भानु चोकबाट पुतली लाईन,सब्जी बजार, कलेज रोड हुँदै धरान घण्टाघर एवम भुकम्प स्मारक क्षेत्रमा आएर प्रभातफेरीलाई कोणसभामा परिणत गरेका थिए ।


धरानको घण्टाघर परिसरमा जिल्लाका सम्पूर्ण फोटो पत्रकारहरु भेला भई प्रभात फेरी निकालिएको थियो । कोणसभामा सुनसरी फोटो पत्रकार महासङ्घका अध्यक्ष यात्रा थुलुङ्गले विश्वमा पत्रकारितासँगै फोटो पत्रकारिताको महत्व बढेको बताए ।

उनले भने, ‘प्रिन्ट मिडियामा होस वा न्यूमिडिया सबैमा अब पाठक वा दर्शकका लागि फोटो अनिवार्य भएको छ । फोटो विनाको प्रिन्ट मिडिया वा न्यू मिडिया कल्पना गर्नु सकिन्न । फोटोले कुनै पनि घट्नाको वास्तविकता छर्लङ्ग पार्छ ।’

प्रकाशित : वैशाख १३, २०७५ १५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?