धनकुटा अस्पताललाई सामाग्री हस्तान्तरण

रमेशचन्द्र अधिकारी

धनकुटा — जिल्ला अस्पताल धनकुटालाई बैंक तथा समाजसेवीबाट विभिन्न सामाग्री हस्तान्तरण गरिएको छ । माछापुच्छ्रे बैंक धनकुटा शाखाले अस्पतालका बिरामीको प्रयोजनका लागि २७ थान ब्लाङ्केट तथा अन्य सामाग्री वितरण गरेको हो ।

धनकुटा अस्पताललाई सामाग्री हस्तान्तरण

बैंकका प्रबन्धक टेकबहादुर बस्नेतले अस्पतालका वरिष्ठ मेडिकल सुपरिटेण्डेन्ट डा. फणिन्द्रप्रसाद बराललाई हस्तान्तरण गरेका थिए । बैंकले सामाजिक क्षेत्रमा नियमित गर्ने कार्यअन्तर्गत उक्त सामाग्री हस्तान्तरण गरिएको प्रबन्धक बस्नेतले बताए ।


यस्तै समाजसेवी रमेश रम्तेलले आफ्ना स्वर्गीय बाबु जयवीर र आमा मनमायाको स्मृतिमा एक लाख बढी मूल्य पर्ने अक्सिजन कन्सलटेटर मेसिन अस्पताललाई हस्तान्तरण गरेको अस्पताल विकास समिति अध्यक्ष सुनिलकुमार डंगोलले बताए । उक्त अवसरमा हाल २७ शय्यामा रहेको अस्पताल निकट भविष्यमा नै ५० शय्यामा विस्तार गर्ने तयारी गरिएको उनले जानकारी दिए ।


यसैगरी कावेली विकास बैंकले समेत अस्पताललाई तीन लाखबराबरको सहयोग सामाग्री हस्तान्तरण गर्ने घोषणा गरेको छ ।


पछिल्लो समय अस्पतालमा विभिन्न जटिल प्रकारका उपचार गरिन थालिएपछि सर्वसाधारणको आकर्षण बढ्दै गएको डंगोलको भनाइ छ । अस्पतालमा सामाजिक क्षेत्रबाट भौतिक सहयोग गर्ने क्रम बढ्दै गएको जनाइएको छ ।


प्रकाशित : वैशाख १३, २०७५ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?