१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

धरानमा युमा साम्योको अन्तर्राष्ट्रिय सम्मेलन सुरु

प्रदीप मेन्याङ्बो

सुनसरी — सुनसरीको धरानमा आइतबार देखि तीनदिने युमा मुन्धुम, धर्म र दर्शन विषयक अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । युमा साम्यो लिम्बु समुदायले मौलिक परम्परागत रुपमा मान्दै आएको पर्व हो । 

धरानमा युमा साम्योको अन्तर्राष्ट्रिय सम्मेलन सुरु

युमा साम्यो माहसभाद्वारा आयोजित सम्मेलनमा नेपाल, भुटान, बर्मा, थाइल्याण्ड र भारतका दार्जिलिङ, सिक्किम, मनिपुर, अरुणाञ्चल, आसामका युमा साम्यो धर्म र दर्शनका व्याख्याताहरुको बाक्लो सहभागिता रहेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काईँलाले धुप बालेर सबैलाई चोखो पानी छर्किदै उद्घाटन गरेका थिए । उनले अनादिकालदेखि मान्दै आएको युमा साम्यो भित्रका संस्कार, संस्कृति, चाल चलन लिम्बु समुदायको मौलिक पहिचान बोकेको बताए ।


उनले भने, ‘यसभित्रका अनेक मुन्धुमहरुमा लिम्बु समुदायले आफू बाचेको समयमा जीवन र जगतलाई हेर्ने पद्धतिको व्याख्या गरिएको पाइन्छ । यसै जीवन दर्शनलाई अपनाउदै आजसम्म लिम्बु समुदायले आफ्नो पहिचान बनाएका छन् । यो नै हाम्रो प्रमुख दर्शन हो । मुन्धुमबाटै संसारलाई हेर्ने दृष्टिकोण बनउन सकिन्छ ।’


हरियाली सामुदायिक वनको भवनमा सुरु भएको सम्मेलनमा महासभाका उपाध्यक्ष सह प्राध्यापक हर्क इजमले मौलिक रुपमा युमा साम्यो हुदा हुदै पनि महागुरु फाल्गुनन्दले येवा येमानीबाट मुन्धुम एकत्रित गरेर सुधार गर्नेक्रममा हिन्दु भित्रको एक सम्प्रदाय जोसमनी पन्थसंग मिश्रित गरेर किराँत धर्म बनाएपछि त्यसलाई सबै लिम्बु समुदायले स्वीकार्न नसकेको बताए ।


देवेन्द्र कुमार वनेमको संयोजकत्वमा सुरु भएको सम्मेलनमा युमा साम्योका व्याख्याताहरु डा चैतन्य मेन्याङ्बो सुब्बा, मुन्धुमवीद् अर्जुनबाबु माबोहाङ, सिक्किमका एसआर खजुम र चन्द माङयुङलगायतले युमा साम्यो अन्गर्तत मुन्धुमहरु, भेषभुषा, हाक्पारे, पालाम, यालाङ, केलाङ, ख्याली, तुहा, ताम्के, मुन्धुमी गायन कलाका बारेमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

प्रकाशित : वैशाख १६, २०७५ १५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?