२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

लाइसेन्स नभएको घटनामा ‘मिलापत्र’

मोरङ — कोसी राजमार्गस्थित विराटनगरको पिपल चोकमा गत शुक्रबार साँझ भएको दुर्घटनामा प्रहरीले दुवै पक्षलाई जबरजस्ती मिलापत्र गराएको छ । उत्तरतर्फबाट को ११ प २६९४ नम्बर मोटरसाइकललाई तीव्र गतीमा आएको को ३० प ८१२४ नम्बर मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।

लाइसेन्स नभएको घटनामा ‘मिलापत्र’

को ११ प २६९४ नम्बर मोटरसाइकल चालक विराटनगर ४ का धनबहादुर नेपाली घाइते भएका थिए । उनको मोटरसाइकलमा क्षति पुगेको थियो भने ठक्कर दिने मोटरसाइकल चालक सुनसरीको छिटहाका अशोक शर्माको अगाडीको ४ वटा दाँत झरेको थियो ।


घटनालगत्तै प्रहरी टोली पुगेर नेपालीलाई पक्राउ गरी जिल्ला प्रहरी लगेको थियो । शर्मालाई उपचारका लागि नोबेल अस्पताल भर्ना गराइएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङले ठक्कर दिने मोटरसाइकल चालकसँग सवारी चालक अनुमतिपत्र नभए पनि कानुनी कारवाही नगरी घटना मिलाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शैलेन्द्र यादवले घटना मिलापत्र गराउन दबाब दिएकाले मिलापत्र गर्न बाध्य भएको पीडित नेपालीका दाजु सुमन नेपालीले गुनासो पोखे । ‘घटना भएको भोलीपल्ट प्रहरी चौकी आयल निगमले दुवै पक्षलाई छलफलका बोलाएको तर शर्मा पक्षले नमानेपछि जिल्ला प्रहरीमा पठायो,’ उनले भने, ‘शनिबार जिल्ला प्रहरीले छलफलका लागि बोलाएको र दुवै पक्षको क्षतिपूर्ति तिर्न दबाब दिएपछि आफूहरुले मानेनौँ त्यसको फलस्वरुप आफ्ना भाई धनबहादुरलाई समातेर हिरासतमा राखे ।’


उनले आफूले पटक पटक कानुनी कारबाहीमा जाने भनिरहदा पनि प्रहरी निरीक्षक यादवले एक पक्षीय रुपमा आफूलाई मिलापत्र गर्न दबाब दिएको गुनासो पोखे । सुमनले आइतबार बिहान पुन: प्रहरीले बोलाएर एक पक्षले अर्को पक्षको क्षतिपूर्ति तिर्ने गरी जबरजस्ती मिलापत्र गराएको गुनासो पोखे ।


‘मिलापत्र गर्न नमान्दा अनेक डर त्रास प्रहरीले देखाए,’ उनले भने, ‘विपक्षीलाई अढाई लाख क्षतिपूर्ति तिर्नुपर्ने र भाई धनबहादुरलाई जेल पठाइदिने डर देखाएकोले मिलापत्र गर्न बाध्य भएँ । ’


उनले विपक्षी शर्मासँग सवारी चालक अनुमति पत्र नभएको भन्दा प्रहरी निरीक्षक यादवले उल्टै पटक पटक गाली गलौज गर्दै दुव्र्यवहार गरेकोले मिलापत्र गर्न बाध्य भएको सुनाए । प्रहरीले शर्मासँग लेनदेनमा सेटिङ्ग मिलाएर आफूलाई कानुनी कारबाहीमा जान नदिई मिलापत्र गराउन बाध्य पारेको उनले गुनासो पोखे ।

प्रहरी निरीक्षक यादवले घटना सामान्य भएको मिलापत्र गराईदिएको स्वीकारे । शर्माले धनबहादुर सवारी चालक नभएको र सवारी चालक घाइते भएर आफूसँगै उपचारका लागि अस्पताल गएको भनेपछि विवाद गर्नुभन्दा मिलाउनतर्फ गएको यादवले दाबी गरे । प्रहरी उपरीक्षक अरुणकुमार बिसीले घटनाबारे आफूले बुझदै गरेको बताए ।

प्रकाशित : वैशाख १७, २०७५ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?