दुर्घटनामा ४ को मृत्यु, १० भन्दा बढी घाइते

विराटनगर — मोरङका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । १० जना बढी घाइते भएका छन् ।

दुर्घटनामा ४ को मृत्यु, १० भन्दा बढी घाइते

ग्रामथान गाउँपालिका–५ मा बा १६ च ९३५८ नम्बर कार र को १ च ७६०६ नम्बर पिकअप आपसमा ठोक्किएर साेमबार साँझ भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको हो ।


मृत्यु हुनेमा कारमा सवार झापाका ५० वर्षीय जयसिंह राजबंशी र मोरङ, जहदाका ३६ वर्षीय विनोद साह रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा कटहरीका जितेन्द्र साह र कारचालक दिनेश राजबंशी घाइते भएका छन् ।


मोरङकै सुन्दरहरैंचा–५ मा माइक्रो बस दुर्घटना हुँदा झापा भद्रपुरकी ५१ वर्षीया उमा निरौला र ५२ वर्षीया श्यामा कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । भद्रपुरबाट काठमाडौं गइइरहेको बा ४ ख ६९१९ नम्ब्र माइक्रो बस अनियन्त्रित भइ सडक छेउको रुखमा ठोक्किएर दुर्घटना भएको थियो ।


दुर्घटनामा अरु तीनजना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरु चालक दमकका धीरज न्यौपाने, धनुषाका दीपक पाण्डे र दमककी नरमाया तामाङको विराटनगरस्थित एक अस्पतालमा उपचार भइरहेको छ । अरु केही यात्रु सामान्य घाइते भएका छन् ।


यसैगरी सुन्दरहरैंचा–१ मा ना ४ त ५७०२ नम्बर ट्रयाक्टर अनियन्त्रित भइ सडकछेउ बिजुली खम्बामा ठोक्किंदा बेलबारीका करण खवास, छिटकी राजबंशी, शिवनारायण खवास र निर्मला खवास घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख १८, २०७५ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?